दूधे कभर्डहलमा बेडमिन्टन खेल सञ्चालन र व्यवस्थापनका लागि समिति गठन
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको दूधे कभर्डहलमा बेडमिन्टन खेल सञ्चालन तथा व्यवस्थापनका लागि समिति गठन गरिएको छ । हलमा आयोजित भेलाले विनोद खरेलको अध्यक्षमा एक तदर्थ समिति गठन गरेको हो ।
जसमा उपाध्यक्ष प्रकाश साँवा, सचिव सरोज भट्टराई, कोषाध्यक्ष असोक राई, स–सचिव शमशेर चौधरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा सानु गिरी, राजु बानिया, कुशल राई, अग्नी खरेल, गोरव थापा, रामकुमार खतिवडा, सिशन खनाल, डिल्लीराज नेम्वाङ्ग, कमल सेन्चुरी, सृजन मिश्र रहेका छन् ।
यसै बीच दूधे कभर्डहलमा बेडमिन्टन कोडको स्तरोन्नती गरिएको छ । खेलाडीहरुले स्वस्फुर्त रुपमा रकम संकलन गरी कोडमा रंगरोगन लगाइएको हो । रंरोगनमा २५ हजार खर्च भएको सचिव सरोज भट्टराईले जानकारी दिए ।
बेडमिन्टन खेल खेल्न आउने खेलाडीहरुलाई शौचालयको आवश्यक रहेकाले नगरपालिकासँग शौचालय निर्माणका लागि आवश्यक बजेट माग गरिने अध्यक्ष खरेलले बताए । कभर्डहलमा दैनिक रुपमा खेल खैल्न आउने खेलाडीहरुले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्नु पर्ने छ ।
कोरोना संक्रमणको आंशका गरिएका लक्षणहरु देखिएका खेलाडीहरुलाई हल भित्र प्रवेश गर्न निषेध गरिएको अध्यक्ष खरेलको भनाई छ । हाल विहान ५ः३० बजेबाट १० बजेसम्म र बेलुकी ४ बजेबाट ६ बजेसम्म दूधे क्षेत्रका खेलाडीहरु खेल खेल्ने गरेका छन् । बेडमिन्टनमा स–साना भाईहरु समेत आकर्षित भएका छन् । उनीहरुलाई बेलुकका खेलमा खेल प्रशिक्षण समेत दिएको नवनिर्मित समितिले जनाएको छ । उक्त कभर्डहल सतासीधाम जेसीजले निर्माण गरेको हो ।
Comments