झापा नाटक घरलाई झापाली समाज युएईको सहयोग
Published:
by .झापा । झापाको बिर्तामोडमा निर्माणाधीन बहुजाती बहुभाषिक बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाली समाज युएईले सहयोग गरेको छ ।
झापा नाटक घरका लागि आवश्यक जमिन खरिद गर्न संस्थाले सञ्चालन गरेको एक धुर जमिन खरिद अभियानका लागि झापाली समाज युएईले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको हो । झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल सम्पर्क समितिका प्रवत्ता गोपी रिजालले स्वागत गरेका थिए ।
कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष दुर्योधन कार्की र नेपालसम्पर्क समितिका अध्यक्ष सापकोटाले झापा नाटक घर निर्माण व्यावस्थापन समितिका सचिव माधव कल्पित, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, ध्रवकुमार शिवाकोटीलगायतलाई उक्त रकम हस्तान्तरण गरेका थिए । एकधुर जमिन खरिद गर्न सहयोग संकलन अभियान शुरु गरी रकम संकलन गरेको अभियानका सचिव तथा झापाली समाज युएईका प्रवत्ता रामप्रसाद ढुङ्गेलले बताए ।
कल्पितले झापाको बिर्तामोड नगरपालिका– १ मा निर्माणाधीन बहुजातीय संग्रहालय तथा झापाली नाटकघर प्रदेश नम्बर १ कै ऐतिहासिक तथा साँस्कृतिक धरोहरको रूपमा रहेको र कला तथा साहित्यको संरक्षण सम्बर्धन गर्नु हामी सबैको सामाजिक दायित्व भएकाले झापाली समाज युएईले गरेको कार्यको प्रशंसाा गरेका थिए ।
सोही कार्याक्रममा माया भण्डारी भट्टराई, भूमि अधिकारी, माइनस प्लस संग्रौला, देवेन्द्र निरौला, दिवाकार भट्टराईलगायतले नाटकघरलाई आर्थिक सहयोग गरेका थिए । त्यस्तै नाटकघरका लागि सहयोग गर्ने दातालाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रमको सञ्चालन नेपाल सम्पर्क समितिका सचिव मणि सुवेदीले गरेका थिए ।
Comments