Sajhamanch Archive

मेक्सिकोमा भीषण ‘ग्रेस’ आँधी, कम्तिमा ८ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by .

काठमाडौं  । मेक्सिकोमा आएको भीषण आँधीका कारण कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ । पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनाएको छ । आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको छ ।

आँधीमा ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । वैज्ञानिकहरुले मेक्सिकोमा गएको आँधीलाई ‘ग्रेस’ नामाकरण गरेका छन् । आँधीको कारण कतिपय ठाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ । एजेन्सी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *