Sajhamanch Archive

क्यान्सर हुनबाट बचाउँछ बेसारले हेर्नुस्

Published: in स्वास्थ्य by .

हरेक दिन हरेकको भान्सामा बेसार वा हलेदो वा कतै हल्दी भनिने पहेँदो पदार्थ विशेषगरी तरकारीमा प्रयोग हुन्छ । कतिपयले तरकारीको रंगको लागि पनि मिसाउन मन पराउँछन् । खासमा बेसारले तरकारीको स्वादलाई खासै असर पार्दैन । यद्दपी बेसार आफैंको स्वाद चाहिँ तीतो प्रकृतिको हुन्छ ।

तरकारी पकाउने चलनदेखि नै सायद बेसारको पनि उत्पत्ति भयो होला । तर यहाँ यसको ईतिहास भन्दा पनि यसलाई दैनिक प्रयोग गर्नुको फाईदाबारे चर्चा गर्न खोजिएको हो ।

कतिपयलाई थाहा नहुन सक्छ की बेसारमा साना देखि अत्यन्त जटिल प्रकारका रोग विरुद्ध लड्न सक्ने गुण हुन्छ । पत्यार नलाग्न सक्छ तर यसमा क्यान्सर जस्ता घातक रोगसँग लड्ने गुण लुकेको हुन्छ । बेसार एक एन्टिअक्सिडेन्ट हो । यसले हाम्रो शरिरमा उत्पन्न हुने विजातिय तत्वहरुलाई नियन्त्रण गर्ने क्षमता हुन्छ ।

उपयोगिताहरुः
शक्तिबर्धकः
१ सय ग्राम बेसारमा ६ ग्राम प्रोटिन, ६९ मिलिग्राम कार्बोहाईड्रेड, १ सय ५० मिलिग्राम क्यालसियम, २८ मिलिग्राम फस्फोरस, ५ मिलिग्राम आईरन र ५० ग्राम भिटामिन सी मिसाएर सेवन गर्ने हो भने बेसारले शक्तिबर्धकको रुपमा काम गर्छ ।

क्यान्सरबाट बचाउँछः
काक्र्युमिन पदार्थका कारण बेसारको रंग पहेंलो हुन्छ । यसले क्यान्सरमा हुने कोषिय परावर्तनलाई रोक्छ । यहाँसम्म की डीएनएमा हुने हानीलाई समेत बेसारले रोक्ने गर्छ ।

मधुमेह हुनबाट बचाउँछः
हल्दीको नियमित सेवनले मधुमेह हुनबाट समेत बचाउँछ । यसले मधमेहको मात्रा नियन्त्रण गर्दछ ।
यसले कलेजोमा हुने खराबीलाई पनि नियन्त्रण गर्दछ ।

पेटको रोग कम गर्ने तथा कोलेस्ट्रोलको नियन्त्रणः
हरेक दिन एक चम्चा महमा एक चम्चा बेसार मिलाएर खाएमा यसले पेटको रोगबाट बचाउँछ भने कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ । यसको सेवनले मुटु पनि बचाउने आयुर्वेदिक चिकित्सकहरु बताउँछन् ।

छालाको चमक बढाउँछः
बेसारलाई नरिवलको तेलमा मिसाएर दिनहुँ मालिस गर्दा यसले यसले छालालाई समेत चमक बढाउँछ ।

दाँतलाई मजबुत बनाउँछः
बेसारमा अलिकति नुुन मिसाएर दिनहुँ ब्रुस गर्नाले दाँतमा किरा लाग्नबाट बचाउँछ भने स्वास गन्हाउने, गिँजा पाक्ने जास्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

अन्यः
जोर्नी दुुखेको, मर्केको लगायतका समस्यामा पनि काँचो बेसारको झोलमा मह र घिउ मिलाएर खाएमा त्यसले आरम दिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *