झापामा भाद्र २० गतेसम्म थपियो निषेधाज्ञा, खाद्यान्न र तरकारी २ बजेसम्म खुला
Published:
by .झापा । झापा जारी निषेधाज्ञा भाद्र २० गतेसम्मका लागि थप गरिएको छ ।
जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको हो । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी ) को बैठकले भदौ २० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय परिवर्तन गरेको छ । अब ती पसलहरू बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुलाउन पाउनेछ । त्यस्तै होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने समेत निर्णय गरेको छ । कपडा, हार्डवेयर लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णयलाई नै निरन्तरता दिएको जनाइएको छ ।
Comments