Sajhamanch Archive

झापाका कक्षा १२ र सो भन्दा माथिका परीक्षार्थीलाई कोरोना खोप दिइने

Published: in स्थानीय तह, स्वास्थ्य by .

विर्तामोड । झापाका क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइने भएको छ ।

जिल्लाको डिसिएमसीको वैठकले भाद्र ११ गतेबाट कक्षा १२ वा सो भन्दा माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरुमध्ये परीक्षामा सामेल हुने विद्यार्थीहरुालाई कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको हो ।

झापाका विभिन्न मावि तथा क्याम्पसहरूमा अध्ययनरत् विद्यार्थीहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्।

कलेजको परिचयपत्र र परीक्षामा सामेल हुने प्रवेश पत्रको आधारमा अस्ट्राजेनेका खोप लगाउने व्यवस्था मिलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *