सि लिड्सद्वारा कमल गाउँपालिकाका महिला जनप्रतिनिधि र दलका प्रमुख बीच अन्तरक्रिया
Published:
by .कमल । निर्वाचित महिला जनप्रतिनिधिलाई अबका दिनमा राजनीतिक प्रशिक्षणका साथै प्रविधी मैत्री तालिमको अवश्यकता रहेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
दलित महिला केन्द्र नेपाल काठमाण्डौद्वारा संचालित भच्र्युअल मिटिङ्गद्वारा शि लिड्स (महिला नेतृत्व) विषयक कार्यक्रम अन्र्तगत झापाको कमल गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि बीच अन्तरक्रिया गरिएको हो ।
नेपालको संविधानमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित भएपनि राजनैतिक दलमा अझै पनि यसको व्यवस्था नभएका कारण महिलाहरु अझै पछि परि रहेको अध्यक्ष काफ्लेको भनाई छ ।
महिला लक्षित कार्यक्रम नेपाल सरकारले चलाउनु पर्ने भएपनि आज एक गैर सरकारी संस्थाले सन्चालन गरेकोमा अध्यक्ष काफ्लेले धन्यवाद दिएकी थिइन् ।
निवार्चित महिला जनप्रतिनिधिद्वारा संचालित शि लिड्स संस्था २०१६ मा दर्ता भएको हो । यस संस्थाले हाल नेपालका विभिन्न जिल्लामा महिला तथा दलित समुदयलाई लक्षित गरि विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
यस संस्थाले सन २०२० को सुरुवात देखि झापा जिल्लाका ६ वटा स्थानीय तह जस अन्तर्गत वुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, शिवसताक्षी, दमक र कमल गाउँपालिकमा गत निर्वाचनमा आरक्षण कोटा तथा महिला खुल्लावाट विजयी भएका महिलाहरुलाई चरणवद्ध रुमा नेतृत्व विकासको तालिम दिईरहेको छ ।
कोरोनाका कारणले भौतिक रुपमा जम्माहुन नस्कदा दोस्रो पटकको तालिम र त्यसपछिका विभिन्न मोडूलहरु संचालन हुन नसकिरहेको आयोजकले जनाएको छ ।
विशेष गरि महिलाहरुलाई अधि वढाउन सम्वन्धित राजनैतिक पार्टी भित्र आवाज वुलन्द गर्न सकुन र स्थानीय तहहरुमा आफना आवाज उठाउन सक्रिय भूमिका निर्वाह गर्न सक्ने बनाउन महिला जनप्रतिनिधिलाई संस्थाले तालिम दिदै आएको हो ।
यस अलवा राजनैतिक पार्टीका प्रमुख पत्रकार, जनप्रतिनिधका परिवार, महिला संजालहरुलाई पनि वातावरण तयारीको लागि छलफल र गोष्ठी गर्ने गरेको छ । तर कोरोनाका कारणले तालिम सोचे अनुसार अधि बढ् नसकेको सस्थाका झपाका तालिम संयोजक सोमराज ढकालले जानकारी दिए ।
कार्यक्रममा कमल गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधि अन्र्तगत सीता निरौला, सारदा पौडेल र भुमिका महराले यस अघि सन्चालित तालिम अत्यन्तै प्रभावकारी भएको बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका खगेन भण्डारी, माओवादी केन्द्रका प्रताप सुब्बा कमल गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम लगायतले कार्यक्रम अन्यन्तै प्रभावकारी भएको जानकारी दिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष गौरा नेपालीले संस्थाको बारे जानकारी गराएकी थिइन् भने नविना सापकोटाले सस्थाले यस अघि गरेका कार्यक्रकमको औचित्य माथि प्रकाश पारेकी थिइन् । मिना कट्टेलले कार्यक्रमको उपलब्धि र कार्यक्रम सन्चालन गर्दा आई पर्ने चुनौति विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
Comments