प्रस्तावित बाह्रदशी जेसीजद्वारा ट्राफिक सचेतना सम्पन्न
Published:
by .बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीजले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
प्रस्तावित बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका वडा नं ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीको प्रमुख आतिथ्यमा ट्राफिक सचेतना कार्यक्रम गरिएको थियो ।
कार्यक्रम संयोजक संजय शाहले धन्यवाद दिएको कार्यक्रमको औचित्यमाथि प्रकाश कार्यकारी उपाध्यक्ष टंकबहादुर कार्कीले पारेका थिए भने उपाध्यक्ष प्रकाश फुँयालले आस्था वाचन गरेको कार्यक्रममा स्वागत कार्यकारी उपाध्यक्ष पुष्पलाल धमला र सञ्चालन महासचिव तीर्थराज काफ्लेले गरेका थिए ।
कार्यक्रममा पशुपति मा.वि.का प्र.अ. थिर कुमार दाहाल, ज्ञान ज्योति मा.वि.का प्र.अ. एवम् नेपाल बार एसोसिएसन झापा पूर्व अध्यक्ष अमृत बहादुर बुढाथोकी, उद्योग वाणिज्य संघ, बाह्रदशी शाखाका अध्यक्ष खगेन्द्र कार्की, बाह्रदशी न्यायिक समिति सदस्य प्रेम घिमिरे, इलाका प्रहरी कार्यालय राजगढका इन्चार्ज कुमार ढकालले शुभकामना मन्तव्य राख्दै ट्राफिक सचेतना कार्यक्रम फलदायी रचनात्मक भएको धारणा राखेका थिए ।
ट्राफिक प्रहरी पोष्ट लक्ष्मीपुरका इन्चार्ज चन्द्रकुमार बस्नेतले प्रशिक्षण प्रदान गरेको कार्यक्रम समापनपछि राजगढ बजारमा नियम विपरित सवारी चलाउने चालकलाई ट्राफिक सचेतना सम्वन्धी शिक्षा दिने काम गरिएको थियो ।
Comments