Sajhamanch Archive

सञ्चारकर्मी पौडेलले जन्मदिनलाई बनाए खास

Published: in राष्ट्रिय समाचार, विविधा by .

बिर्तामोड । संचारकर्मी सरोज पौडेलको जन्म दिनको अवसरमा आयोजना गरिएको व्यक्तित्व विकास सम्बन्धी दुइ दिने तालिम आज समापन गरिएको छ ।

नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी आयोजित तालिममा बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

दुर्इ दिनसम्म संचालन भएको तालिममा संचारकर्मी हरिकृष्ण भण्डारी, अच्युत सुबेदी, मदन संग्रौला, दिपेन भेटवालले सहजीकरण गरेका थिए ।

बिर्तामोडस्थित अक्सफोर्ड एकाडेमी ट्रेनिङ सेन्टरको तालिम हलमा कार्यक्रम गरिएको थियो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाइले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै आवश्यकता अनुसार नगरपालिकाले बालबालिकाका लागि रचनात्मक क्रियाकलापमा सहयोग गर्ने बचन दिइन् ।

मानिस जन्मिए पछि समाजका लागि खास र उदाहरणीय कार्य गर्न सक्नु पर्दछ भन्ने कुरालाई सञ्चारकर्मीको जन्मदिन मनाउने काइदाले आफूलाई प्रभावित बनाएको उपप्रमुख महताराको भनाई थियो ।

एकाडेमीका प्रबन्ध निर्देशक केशब मैनालीको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा साझामञ्चका सम्पादक गोपाल काफ्लेले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नसके जीवनमा सकारात्मक मोड लिन सकिने बताए ।

तालिममा बिर्तामोडका ४ वटा र अर्जुनधारा नगरपालिकाको एउटा विद्यालयबाट बालबालिकाले सहभागिता जनाएका थिए ।

तालिम समापन कार्यक्रममा सरोज पौडेलले यसको औचित्य प्रष्ट्याएका थिए भने कार्यक्रमको संचालन सागर रिजालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *