Sajhamanch Archive

गोलोक गोवर्धन गौशालाद्वारा भद्रपुरका कृषकलाई गाई तथा बाछी वितरण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा रहेको श्री गोलोक गोवद्र्धन गौशालाले विपन्न कृषकहरुलाई गाई तथा बाछीहरु निशुल्क वितरण गरेको छ । गोवद्र्धन गौशालाले भद्रपुर नगरपालिका १० का कृषकलाई ५ माउ गाई र १५ वडा बाछी वितरण गरेको हो ।

समाजमा गौ हत्या हुनबाट बचाउन गौ सेवालाई धार्मका रुपमा लिएर प्रचार प्रचार र गौ संरक्षण गर्दै आएको गोवद्र्धन गौशालाले विपन्न कृषकहरुको जीवन स्तर उकास्न सहयोगी बन्ने उद्देश्यका साथ गाई तथा बाछीहरु वितरण गरिएको गौशालाका व्यवस्थापक आचार्य मदनमोहन अधिकारीले जानकारी दिए ।

गौशालाले यस अघि नेपाल भरी मध्ये धेरै १ र २ नं. प्रदेशमा नश्व सुधारका लागि ७५ ओटा नन्दीहरु दिइ सकिएको समेत गोलोक गौशालाका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वजले बताए ।

उनले यस गौशालाले गौ रक्षाका लागि अभियान नै सञ्चालन गरी नेपाल भरीकै गौ संरक्षणका लागि काम भैइरहेको समेत जानकारी दिए ।

गाई तथा बाछी वितरण कार्यक्रम श्री गोलोक गोवद्र्धन गौशालाको अगुवाई र भद्रपुर नगरपालिकाको सहयोगमा सम्पन्न गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *