Sajhamanch Archive

भद्रपुरमा राष्ट्रिय बाल दिवस मनाइयो

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । राष्ट्रिय बाल दिवस २०७५ को अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

भद्रपुरस्थित नेपाल बाल संगठन झापा तथा नगर शिक्षा कार्यालय भद्रपुरले प्रवचन, वत्तृत्वकला तथा विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका हुन् ।

नेपाल बाल संगठन झापाका सभापति गोमा भट्टराइको अध्यक्षता तथा प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भद्रपुरस्थित बाल मन्दिरमा अध्ययनरत बाल बालिकाहरूलाई स्टेशनरी तथा ब्याग वितरण गरिएको थियो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष विनोदकुमार पोखरेल, ८ का अध्यक्ष गौरव सुब्बा मनोज, नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत दिननाथ लम्साललगायतले मन्तव्य राखेका थिए ।

यसैगरी भद्रपुर नगर शिक्षा कार्यालयको आयोजनामा भद्रपुर ७ स्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रममा माध्यमिक विद्याल स्तरीय वत्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।

प्रतियोगितामा श्रीकृष्ण द्वैपायन वेद विद्याश्रमका तपन भट्टराई प्रथम, वीरेन्द्र नमूना माविकी आकृति चौंलागाई दोश्रो, मेरीगोल्ड मावि चन्द्रगढीकी प्रनिशा सत्याल तेस्रो तथा हिमालय मावि चन्द्रगढीका निमेश निरौला र विभूति विद्यामन्दिर चन्द्रगढीका दृष्टान्त लम्साल सान्वना पुरस्कार जित्न सफल भए ।

विजेता बाल बालिकालाई प्रथम पुरस्कार ३ हजार, दोश्रो २ हजार, तेस्रो १ हजार तथा सान्त्वना ५ सय रुपैयाँ प्रदान गरिएको थियो ।

भद्रपुर नगरस्तरीय बाल समितिका अध्यक्ष शुशिल खत्रीको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *