Sajhamanch Archive

बीपी प्रतिष्ठानका चिकित्सक–कर्मचारी काम छाडेर आन्दोलनमा, सयौं बिरामी अलपत्र

Published: (Updated: ) in विविधा, स्वास्थ्य by .

सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै चिकित्सकले आज (आइतबार) देखि काम छाडेर आन्दोलनमा उत्रिएका छन् । आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परीक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुका मागलाई पुरा गर्न अटेर गरेका कारण बाध्य भएर काम बहिष्कार गरेको उनीहरुको भनाइ छ । प्रतिष्ठान सुधारको माग राखेर तीन महिनादेखि आन्दोलन जारी राख्दा समेत सरकारले सुधारप्रति चासो नदेखाएपछि पुन आन्दोलनमा जान बाध्य भएको पनि उनीहरुको भनाइ छ ।

डा। बैकुण्ठ अर्यालको प्रतिबेदन तथा आन्दोलनकारी र डा. गोविन्द केसीसँग गरिएको सहमति कार्यान्वयन नगरेका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डा। विष्णु पोखरेलले बताएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं आर्थिक अनियमितता गरेको भन्दै उनीहरुको बर्खास्ती र प्रतिष्ठानमा अन्य सुधारका काम गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सयौं बिरामीहरु अलपत्र परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *