Sajhamanch Archive

राष्ट्रिय अनुसन्धान विभागको सांगठनिक संरचना परिमार्जन गर्ने तयारी

Published: (Updated: ) in समाज by .

काठमाडौं–नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभागको सांगठनिक संरचना तथा कार्य सम्पादन कार्यलाई परिमार्जन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा गठन  सम्बन्धि बिधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

नेपाल सरकारले गृह मन्त्रालय मातहत काम गरिरहेको विभागलाई प्रधानमन्त्रीले हेर्नेगरी सारिए संगै संगठन पुनसंरचना कसरि गर्ने भन्ने बहस चल्दै आएको थियो । प्रधानमन्त्री कार्यालयले बनाउने बिधेयक संसदको चालु अधिवेशनमा पेश गर्नेगरी काम हुने बुझिएको छ ।

यस्तै बैठकले नयाँ संबिधान संग बाझिएका र संसोधन गर्नुपर्ने दर्जन बढी प्रचलित नेपाल ऐनहरु संसोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अन्तराष्ट्रिय आणविक ऊर्जा सङ्गठनको ६२औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीको पाँचौँ संशोधनलाई स्वीकृति दिने निर्णय गरेको छ । यस्तै बैठकले कर्णाली प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ भने सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *