मित्रता ग्रुपको अध्यक्षमा मदनमोहन अधिकारी
Published: (Updated: )
by .शिवसताक्षी । झापाको विर्तामोड रहेको मित्रता ग्रुपको अध्यक्षमा मदनमोहन अधिकारी चयन भएका छन् । विर्तामोडको बसपार्कमा शनिबार भएको भेलाले मदनमोहन अधिकारीको अध्यक्षमा कार्यसमिति गठन भएको हो ।
जसको उपाध्यक्षमा देवराज दंगाल, सचिव सुरेन्द्र नेपाल, सह सचिवमा सुदिप पौड्याल र कोषध्यक्षमा कविता गौतम रहेका छन् । सदस्यहरुमा शोभा गुरुङ्ग (खरेल), विमला दाहाल, सुजता प्रसाई, विनोद काफ्ले चयन भएका छन् ।
झापाका विभिन्न क्षेत्रमा काम गर्दै आएका शिक्षित र सफल व्यक्तिहरु मिलेर समाज रुपान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्दै, समाज सेवामा काम गर्ने उद्देश्यले मित्रता ग्रुप नामकरण गरी समिति गठन गरिएको नव गठित समितिका अध्यक्ष मदन मोहन अधिकारीले बताए ।
जसमा २० भन्दा बढी फरक क्षेत्रमा सफलता हासिल गरेका युवाहरु समेटिएका छन् । जुन ग्रपले फ्रन्ट तयार गरी समाजमा दूःख पीडामा परका मानिस, दैविक प्रकोपबाट पीडितहरुलाई समाजमा बाँच्न सक्ने बनाउन महत्पूर्ण भूमिका खेल्ने समेत अधिकारीले जानकारी दिए । यो सफल सक्षम व्यक्तिहरुको ग्रुप भएकाले भोलिका दिनमा यसले देश विकासका लागि पनि भिजन सहित महत्वपूर्ण भूमिका निर्वाह समेत अध्यक्ष अधिकारीको भनाई छ ।
Comments