Sajhamanch Archive

भद्रपुर माविको समग्र अवस्था सुधारको खाँचो

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । नेपालकै शैक्षिक इतिहास बोकेको भद्रपुर माध्यमिक विद्यालय कमजोर प्रशासनिक नेतृत्वको व्यवस्थापकीय भुमरीमा पर्दा विद्यार्थी मैत्री बन्न सकेको छैन ।

विसं. २००२ सालमा स्थापना भएको सो विद्यालय भौतिक पूर्वाधार संरक्षणदेखि शैक्षिक वातावरणसम्म निर्माणमा कमजोर प्रशासनिक नेतृत्व भएको कारण विद्यार्थी मैत्री बन्न नसकेको हो ।

६१९ जना विद्यार्थी अध्ययनरत भद्रपुर माविमा शौचालय व्यवस्थापन नहुँदा मेची नदीको बगर धाउन बाध्य हुनु परेको विद्यार्थीको गुनासो छ ।

नगर शिक्षा कार्यालयसित जोडिएको सो विद्यालयमा शिक्षण वातावरण पनि विद्यार्थी मैत्री बन्न नसकेको गुनासो आउने गरेको छ ।

विगतमा निर्माण भएका शौचालयहरु उचित रेखदेख तथा मर्मतको अभावमा विद्यार्थीले प्रयोग गर्न सक्ने अवस्था नरहेको गुनासो छ ।

गतवर्ष निर्माण भएको शौचालय पनि सरसफाईको अभावमा शौच गर्न नसकिने अवस्थामा पुगेको विद्यार्थीको गुनासो छ ।

शौचालयको अभावमा विशेष गरी छात्राहरूले शौच गर्ने समस्या खप्नु परेको दुखेसो छ ।

यस्तै शैक्षिक वातावरण पनि विद्यार्थी मैत्री नहुँदा विद्यालयमा विद्यार्थीको आकर्षण कम हुँदै गएको गुनासो छ ।

कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिका अध्ययन गर्न आउने सो विद्यालयमा राजनीतिक आडमा विभिन्न पेशा गर्ने शिक्षकहरूको बाहुल्यता हुँदा पठनपाठन विद्यार्थी अनुकुल हुन नसकेको विद्यार्थी बताउने गर्छन् ।

विद्यालयमा बढाउने शिक्षक भन्दा निजी पेशामा बढी समय दिने शिक्षकका कारण विद्यालयको पठनपाठन गुणस्तरीय बन्न सकेको छैन । यस्ता नियम विपरितका काम रोक्न प्रधान अध्यापकले नसकेको विद्यार्थीको गुनासो हो ।

तर प्रधानाध्यापक कुलबहादुर गुरुङ भने विद्यार्थी मैत्री विद्यालय बनाउन लागि परेको दावी गर्छन् । उनका अनुसार ५ वटा शौचालय चालु अवस्थामा रहेका छन् । केहीमा सरसफईमा सामान्य समस्या भए पनि प्रयोग गर्न सकिने अवस्थामा भएको प्रअको स्पष्टीकरण छ ।

शिक्षण व्यवस्थापनको सम्बन्धमा भने प्रअ गुरुङले मुख खोलेनन् । यस्तै विद्यालय सुधारका लागि आउने रकम पनि सदुपयोग नभएको अभिभावकको गुनासो छ ।

श्रमिक वर्ग मात्र अभिभावक रहेको हुनाले विद्यालयको प्रशासनिक नेतृत्व स्वेच्छाचारी बनेको आरोप लागेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *