Sajhamanch Archive

कमल गाउँपालिकामा प्राविधिक धारतर्फ अध्ययनरत ५४ विद्यार्थीलाई छात्रबृत्ति प्रदान

Published: in शिक्षा, स्थानीय तह by .

कमल । झापाको कमलमा ५४ अन्तराष्ट्रिय साक्षरता दिवश तथा राष्ट्रिय शिक्षा दिवश २०७८ को अवसरमा छात्रबृत्ती वितरण तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“मानव केन्द्रित पुनर्लाभका लागी साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्युनता” भन्ने नाराका सँथ मनाईएको सो कार्यक्रममा कमल गाउँपालिकाबासीका छोराछोरीले प्राविधिक विषय लिएर अध्ययन गर्ने ५६ जना विद्यार्थीलाई गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले छात्रावृत्ति वितरण गरेकी हुन् ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा छात्रवृति वितरणका लागी ५ लाख रुपैया विनियोजन गरेको थियो । विनियोजित रकम मध्ये कमल गाउँपाकिला वडा नं. २ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरमा अध्ययनरत २७ जना र वडा न. ७ को सरस्वती माध्यमिक विद्यालयमा कृषि भेटेनरी विषयमा अध्ययनरत २९ जना गरी जम्मा ५६ जना विद्यार्थीहरुलाई प्रतिविद्यार्थी ८ हजार ९ सय २८ रुपैया का दरले छात्रावृति वितरण गरिएको अध्यक्ष काफ्लेले बताइन् ।
प्राधिविध धारतर्फ अध्ययन गर्ने गरिब तथा जेन्हेन्दार विद्यार्थीहरुको पठाईलाई टेवा पु¥याउने उद्देश्लय छात्रबृत्ति वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिए ।

गाउँपालिकाले छात्रवृति वितरणका साथै शैक्षिक क्षेत्रमा वृहत कार्यक्रम गर्ने योजना भएपनि कोभिडका कारण अन्य कार्यक्रम गर्न नसकिएकाले छात्रबृत्ति वितरण र शैक्षिक अन्तरक्रिया गरिएको अधिकृत राईको भनाई छ ।

त्यसैगरी गाउँपालिकाले चालु आर्थिक वर्ष देखि प्राविधिक विषयका अध्ययनरत सतार धिमाल, दलित लगायका जाती जनजातीलाई समेत छात्रबृत्ति दिने निर्णय भएको शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए । कार्यक्रममा प्याप्सन कमलका अध्यक्ष बद्री राई , शिक्षा समिती सदस्य नारायण गौतम, एन प्याप्सन १ नम्वर प्रदेशका सह सचिव अग्नि प्रसाद कोईराला शिक्षक महासंघ कमलका अध्यक्ष मधुसुधन अधिकारी लगायतले छात्रावृति वितरण तथा कोभिडका कारण शैक्षिक क्षेत्रमा परेको असरका बारेमा बोलेका थिए ।

कार्यक्रम शिक्षा शाखाका अधिकृत रविन गौतमको सञ्चालन रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *