अनलाइन कक्षामा सहभागी हुन रुखमा डेरा
Published: (Updated: )
by .खोटाङ्ग । अनलाईन कक्षा सञ्चालनका लागि विद्यालयले सूचना जारी गर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका कक्षा १० मा अध्ययरत छात्र धनबहादुर मगर अलमलमा परे। कोभिड–१९ को महामारीका कारण पठन–पाठन ठप्प रहेको अवस्थामा धनकुमार अध्ययनरत सरस्वती मावि अर्खौलेले साउन १८ गते सूचना जारी गर्दै अनलाईन कक्षाका लागि तयारी रहन विद्यार्थीका लागि सूचना जारी गरेको थियो। नभन्दै विद्यालयले साउन २४ गतेदेखि अनलाईन कक्षाका माध्यमबाट पठन–पाठन सुरु गर्यो।
तर, धनकुमारमाथि फसाद आइलाग्यो। नवलपुर सिम्लेमा मोबाईलको डाटा बल्लतल्ल कनेक्ट हुन्थ्यो। कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन। कमजोर कनेक्सनकै कारण उनी ८र९ दिनसम्म अनलाईन कक्षमा सहभागी हुन सकेनन्। साथीभाईलाई फोनमा सम्पर्क गरेर पढाइको बारेमा जानकारी लिन्थे। साथीभाईले ‘यो पढियो, त्यो पढियो, यती विषय पढियो’ भनेर सुनाउँदा उनी पढाइमा पछि परियो भनेर अतासिन्थे।
यत्तीकै बस्न उनको मनले मानेन। घर वर पर कहीँकतै कनेक्सन हुने ठाउँ पत्ता लाग्छ की भनेर उनी त्यस्तो ठाउँको खोजीमा निस्किए। घरको कामको माया मारेर घर वरपरको अलि अग्लो भाग र डाँडामा पुगेर ‘ट्राई’ गरे। घरभन्दा माथिमाथिका डाँडामा निस्केर प्रयास गरे तर कनेक्सन राम्रो देखिएन। अन्ततः एउटा रुखको फेदमुनि बसेर चेक गरे। त्यहाँ कनेक्सन राम्रो देखायो। रुखमा चढ्दा अझ राम्रो कनेक्सन होलान् भनेर रुखमा चढे। नभन्दै अझ राम्रो कनेक्सन देखायो। उनी जुम मिटिङमा जोडिन सफल भए।
दिन माया मारेर कनेक्सन हुने ठाउँ खोज्न निस्कएका धनकुमार प्रफुल्लित भए। रुखमै चढेर दुई दिन अनलाईन क्लासमा सहभागी बने। दिनभर रुखमा बसेर क्लासमा सहभागी हुन कठिन थियो। सहजताका साथ बस्नका लागि धनकुमारले रुखमै बस्ने टाँड ९डेरा० बनाएका छन्। डेरामा पुग्नका लागि उनले घरबाट १० मिनेट उकालो र थोरै तेर्सो हिँड्नुपर्छ।
९ अखटा भएको भर्याङ चढेपछि रुखको टाँडमा उक्लिन सकिन्छ। घामपानीबाट बच्नका लागि टाँडमा बुर्काको छानो हालिएको छ। करिब महिना दिनदेखि उनले सोही रुखको टाँडमा चढेर अनलाईन कक्षामा सहभागिता जनाइरहेका छन्।
‘पढाइ छुट्दा म अत्तालिइरहेको थिएँ। बरु एकदिन घरको काम गर्दिन, कनेक्सन हुने ठाउँ खोज्छु, जहाँ टिप्छ त्यही डेरा बनाउँछु र पढ्छु भनेर चेक गर्दै हिँडेँ। माथि डाँडातिर गएँ त्यहाँ पनि राम्रो टिपेन। त्यहाँ आएर बसेको राम्रो कनेक्सन देखायो। रुखमा चढ्दा झन् राम्रो होला भनेर रुख चढेको त्यहाँ अझ राम्रो कनेक्सन दियो,’ धनकुमारले भने, ‘दुई दिन त रुखको हाँगामा बसेर जुम मिटिङमा ज्वाइन हुन सिके अनि अनलाईन क्लासमा सहभागी भएँ। त्यसपछि सजिलोका लागि रुखमै डेरा बनाउन थालेँ। टाँडमा बसेर पढ्न थालेको महिना दिन पुग्न लाग्यो।’
अर्खौले नवरपुरको सिम्ले गाउँको पुछारमा पर्छ। सो क्षेत्रमा भनेको बेलामा फोन समेत लाग्न गार्हो छ। तर, ‘जहाँ समस्या त्यहाँ समाधान’ भनेझैं धनकुमारले आफ्नै गाउँमा जुम मिटिङ हुने किसिमको कनेक्सन हुने ठाउँ खोजेर पढिरहेका छन्, जसले दुरदराजका विद्यार्थीको अनलाईन कक्षामा भइरहेको कठिनाईको प्रतिनिधित्व गर्छ। रुखमा डेरा बनाएर पढ्न थालेपछि गाउँघरदेखि सामाजिक सञ्जालमा उनको चर्चा छ। पढाईप्रति उनले देखाएको लगाव र आकर्षणको उच्च प्रशंसा भइरहेको छ। उनलाई भेट्नेरदेख्नेले उच्च शिक्षा हासिल गर्न र देशको असल सेवक बन्नका लागि शुभेच्छा प्रकट गर्ने गरेका छन्।
कक्षाको जेहेन्दार विद्यार्थीमा धनकुमारको गणना हुन्छ। कक्षामा चौथोरपाँचौं स्थानमा छन् उनी। उनी हप्तारदश दिनसम्म अनलाईन क्लासमा सहभागी नहुँदा विद्यालयमा खोजी पनि भएको थियो। नियमित कक्षा सञ्चालन सुरु भएको १०र१२ दिनपछि मात्र धनकुमार अनलाईन कक्षामा ज्वाइन भएको सरस्वती माबि अर्खौलेका निमित्त प्रअ नविन चाम्लिङले बताए।
‘किन ढिलो ज्वाइन भएको, पढाई छुट्यो भनेर सोधेका थिएँ,’ निमित्त प्रअ चाम्लिङले भने, ‘कनेक्सन हुने ठाउँ खोजेँ, रुखमा टहरा बनाएँ, बसेर पढ्ने ठाउँ बनाएँ भनेर सुनाए। त्यो सुनेपछि म आफै सिरिङ भएँ। स्टाफलाई त्यो बारेमा जानकारी गराएँ। उसको पढाईप्रतिको लगावले हामीलाई गर्व महसुस भएको छ।’
सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाईन माध्यमबाट सञ्चालन भइरहेको छ। हाल डाटा कनेक्ट हुने ठाउँका छात्ररछात्रा अनलाईन कक्षामा जसोतसो सहभागी भइरहेका छन्। डाटा कनेक्ट नहुने ठाउँका धेरैजसो विद्यार्थी अहिलेसम्म अनलाई कक्षामा समेटिन सकेको छैनन्। कतिपय मोवाईल नभएका र डाटा कनेक्ट नहुने ठाउँका विद्यार्थी मोवाईल भएका र डाटा टिप्ने साथीकोमा भेला भएर पनि अनलाईन कक्षामा सहभागी भइरहेको निमित्त प्रअ चाम्लिङले बताए। आगामी असोज ३ गतेदेखि भने भौतिक उपस्थितिमै पठन–पाठन सुचारु गर्नेगरी हलेसी तुवाचुङ नगरपालिकाले भदौ २२ गते सूचना जारी गरेको छ।
१६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन्। उनका भाई नयन कक्षा ८ मा अध्ययनरत छन्। बुवाले अर्को विवाह गरेर छाडेपछि मगर दाजुभाई आमासँग बसिरहेका छन्।
Comments