Sajhamanch Archive

शिवसताक्षीमा कोरोना पोजेटिभ बृद्धद्वारा आत्महत्या

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवतसाक्षी । झापा शिवसाक्षी वडा नं. ९ का कोरोना संक्रमित बृद्धले आत्महत्या गरेका छन् ।

आज विहान करिब ४ः३० बजे वर्ष ६३ का गोविन्द खनालले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घरको निदाल कपडाको डोरी बनाई झुण्डिएको अवस्थामा विहान परिवारले देखेका थिए ।

उनको सव पोष्टमाटमका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको छ । उनलाई गएको शुक्रबार कोटिहोममा पिसिआर परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको शिवसताक्षी कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलसनमा रहेका थए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *