विदेश जाने ‘म्यानपावर खर्च’ उठाउन अस्पतालमा बम !
Published: (Updated: )
by .काठमाडौ । काठमाडौँको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भइ फुटुङ बस्ने आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाको खोलावाङ घर भएका अम्मर बहादुर रोका मगर छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आइतबार आरोपीहरूलाई सार्वजनिक गरिएको हो । भदौ २५ मा आँखा अस्पतालमा उनीहरूले राखेको भनिएको ‘बम’ सेनाको टोलीले निष्क्रिय बनाएको थियो ।
प्रहरीले पक्राउ गरेको आशिष र अभिषेक सहोदर दाजुभाइ हुन् । १ महिनाअघि आशिष मातृका आँखा अस्पतालमा आँखाको उपचार गराउन गएका थिए । त्यहाँ आँखाको लेन्स फेरे, ८० हजार खर्च गरेर फर्किए । दाजुभाइ फुटुङमा बस्थे । उनीहरू विदेश जाने तयारीमा थिए । म्यानपावरमा १७ लाख खर्च भैसकेको थियो । तर, ‘भिसा आउँदै छ’ भनेर म्यानपावरले अल्झाइरहेको थियो ।
शनिवार प्रहरीले पक्राउ गरेपछि आशिषले भनेका छन्–‘अस्पताल चलेको देखेर पैसा आउँछ भन्ने सोच आएका थियो । अनि, बम राख्ने योजना बनाएँ ।’ बम राखेर अस्पताल सञ्चालक डा।किशोर प्रधानसँग उनीहरूले फिरौती मागेका थिए ।
Comments