Sajhamanch Archive

अमेरिकामा शक्तिशाली आँधी, पाँचको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

फ्लोरेन्स नामको शक्तिशाली समुद्री आँधी अमेरिकाको पूर्वी तटमा आइपुग्दा त्यसका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ।

उक्त आँधीका कारण ६ लाख मानिसहरू विजुलीको सेवाबाट बञ्चित बनेका छन्। आँधीका कारण त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ।

अधिकारीहरूका अनुसार बिजुलीको आपूर्ति पुनस् गर्न अझै केही दिन वा हप्ता पनि लाग्न सक्छ। अहिलेसम्म उक्त शक्तिशाली आँधीका कारण तीनजनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यसअघि अधिकारीहरूले आँधीका कारण चारजनाको मृत्यु भएको बताएका थिए।

नर्थ क्यारोलाइनाको विलमिङटनस्थित घरमा एउटा रुख ढल्दा एउटी आमा र उनका एकजना बच्चाको मृत्यु भएको छ।

ती बच्चाका घाइते बुवालाई भने उपचारका लागि अस्पताल पुर्याइएको छ। नर्थ क्यारोलाइनाका गभर्नर रोए कुपरले शुक्रवार साँझ गरेको एउटा पत्रकार सम्मेलनमा कयौं मृत्युका घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

स्थानीय र राज्य स्तरमा खटिएका स्वास्थ्यकर्मीहरूले मृत्यु आँधीकै कारणले भएको हो कि होइन भनी परीक्षण गरिरहेका छन्।

अहिलेसम्म आँधीका कारण १७ लाख मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान सुझाइ सकिएको छ।

त्यहाँको मौसमसम्बन्धी जानकारी दिने न्याश्नल वेदर सर्भिसका अनुसार हावाको वेग ११० किलोमिटर प्रतिघण्टा रहेको छ।

गभर्नर कार्यालयका अनुसार लेनोइर काउन्टीमा जेनेरेटरको तार जोडिरहेका बेला आँधीका कारण तेस्रा व्यक्तिको मृत्यु भएको थियो।

उक्त राज्यका यातायात मन्त्री जेम्स ट्रोगडनले सामान्यतया प्रत्येक हजार वर्षमा देखापर्ने बाढी यसपटक यो आँधीका कारण देखापर्नसक्ने बताएका छन्।

आँधीकै कारण कतिपय क्षेत्रमा ठूलो वर्षासमेत भइरहेको छ। बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *