Sajhamanch Archive

भदौ ३१ गते बिर्तामोडमा नितेशजंग एकल साँझ

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाका युवाले सञ्चान गरेको क्रिएटिभ नेप्लिज युथ नामक सामाजिक संस्थाले भदौ ३१ गते साँझ बिर्तामोडमा कलाकार नितेशजंग कुँवरको एकल साँझ साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।

बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाका अध्यक्ष टिकाराम धमला रञ्जनले मनोरञ्जनका माध्यमबाट समाजलाई एकीकृत गरी विकास निर्माणमा सहयोग गर्न यस्तो कार्यक्रम आयोजना गरिएको जनाए ।

वर्तमान युवामाझ लोकप्रिय रहेका युवा गायक नितेशजंग कुँवरको एकल गायन कार्यक्रममा उनले लाइभ प्रस्तुति दिने संस्थाका संस्थापक सदस्य अनिल सुवेदीले जानकारी दिए ।

संस्थाले विगतमा गरेका कार्य र वर्तमानमा गर्ने सामाजिक कामका बारेमा अध्यक्ष धमलाले प्रष्ट पारेका थिए । उनका अनुसार २०७२ सालको महाभुकम्प पछि अझ सक्रिय भएर लागेको संस्थाले समाजमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

साङ्गीतिक कार्यक्रमका माध्यमबाट समाजलाई मनोरञ्जन गराउँदै बचत भएको रकमले झापाका पिछडा वर्गका महिलाहरुलाई रचनात्मक कामका लागि सहयोग प्रदान गरिने संस्थाका अध्यक्ष धमलाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *