Sajhamanch Archive

शिविरमा एक हजार बढीको स्वास्थ्य परिक्षण

Published: (Updated: ) in स्वास्थ्य by .

कमल । झापाको कमल गाउँपालिका २ क्याम्पामा आज एकदिन बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ग्रामिण विकास फाउण्डेसन नेपाल र अभियान नेपालको संयुक्त आयोजना र कमल गाउँपालिका र कारितास नेपालको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

शिविरमा न्युरो अस्पताल विराटनगरका प्राविधिक टोलीले सहजीकरण गरेका थिए । शिविरमा १ हजार ४ सय जना भन्दा बढी विरामाको आखाँ, स्त्री रोग, हाडजोर्नी, दन्तरोग, मुटु सम्वन्धि रोग लगायत परिक्षण गरिएको आयोजक संस्थाका सदस्य यामनारायण प्रधानले जानकारी जानकारी दिए ।

शिविर उद्घाटमा बोल्दै प्रमुख अतिथि झापा क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्य अर्जुन राईले विरामीको उपचार गर्ने भन्दा पनि शिविर आयोजना गर्ने संस्थाहरु स्वस्थ्य हुनुपर्ने बताए । संस्था स्वस्थ्य भएमा मात्र विरामीले सही उपचार पाउने बताउँदै राईले ग्रामिण भेगमा शिविर सन्चालन गर्ने सम्पुर्ण संस्थालाई बधाई बधाई दिए । उनले शिविरमा आउने विरामीहरुलाई स्वस्थ्य लाभको कामना समेत गरेका थिए ।

त्यसैगरी विशेष अथिति कमल गाउँपालिकाका अध्यक्ष मुनुका काफ्लेले शिविरमा आउने विरामीलाई कुन पनि रोग देखा नपरोस भन्दै शुभकामना दिनुका साथै आफ्नो गाउँपालिकामा स्वस्थ्य शिविर सञ्चालन गर्ने संस्थालाई धन्यवाद दिएकी थिईन् ।

कार्यक्रममा कारतिास नेपालका दमक शाखा प्रमुख देवेन्द्र पोख्रेलले वाढी प्रभावित क्षेत्रमा स्थानिय स्तरका जनतालाई स्वस्थ्यको पहुँच पुर्याउने उद्देश्यले आफु पनि यो शिविर सन्चालनमा आवद्ध भएको बताए ।

कार्यक्रममा मदन आश्रित क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष चक्र गुरुङ्ग न्युरो अस्पतालका न्युरोलोजिस्ट डाक्टर विरेन्द्रकुमार विस्ट लगायतले शिविर सफलताको शुभकामना दिए ।
कार्यक्रम ग्रामिण विकास फाउण्डेसन नेपालका कार्यवाहाक अध्यक्ष होम बहादुर बरालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन विष्णु प्रकास निरौलाको रहेको थियोे । कार्यक्रममा अभियान नेपालका कार्यक्रम निर्देशक लोकप्रिय खनालले स्वागत मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *