Sajhamanch Archive

मिलनसार साकोसको साधारणसभा सम्पन्न

Published: in सहकारी by .

विर्तामोड । विर्तामोडमा मुख्य कार्यालय रहेको मिलनसार बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा विर्तामोडमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लक्ष्मी बास्कोटाको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ बचतकर्ता मुकेशकुमार चौधरी, रेनुका रेग्मी र विरेन साह तथा उत्कृष्ठ ऋणी जयकुमार राजवंशी, अञ्जना राजवंशी र मनिताकुमारी राईलाई सम्मान गरिएको छ ।

त्यसैगरी वर्षोत्कृष्ट कर्मचारीका रुपमा माया लिम्बुलाई सम्मान गरिएको संस्थाका सचिव कैलाश पोखरेलले जानकारी दिए ।

२०६६ सालमा स्थापना भएको मिलनसार सहकारी संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा ४ लाख ८३ हजार पाँच सय ६८ रुपैयाँ मुनाफा आर्जन गरेको अध्यक्ष बास्कोटाले जानकारी दिए ।

संस्थाको प्रगति विवरण तथा भावीयोजना समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आव २०७४÷७५ मा एककरोड सात लाख दुई हजार आठसय शेयर पूँजी बनाउन सफल सहकारीले चालु आवको अन्त्यसम्ममा दुईकरोड पु¥याउने लक्ष्य राखेको छ । त्यसैगरी १५ लाख ३९ हजार चारसय ९६ रुपैया जगेडा कोषलाई बृद्धि गरी आगामी वर्ष २२ लाख पु¥याउने लक्ष्य राखिएको छ । साधारणसभामा प्रस्तुत प्रतिवेदनमा स्थापना कालदेखि हालसम्म बाह्रय ऋण नलिएको संस्थाले चालु आवमा एकरोड बाह्रय ऋण लिने लक्ष्य राखेको उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाई, अतिथिहरु जिल्ला सहकारी संघका सदस्य टंक बराल, जिल्ला बचत सहकारी संघका सचिव लीला भण्डारी, बुद्धनगर सहकारी संस्थाका देवीलाल आचार्य, नारी संचारगृह झापाकी उपाध्यक्ष भीमा शिवाकोटी, अर्जुनधारा जेसीजका महासचिव बाबुराम मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कैलाश पोखरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत अजय देवले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *