Sajhamanch Archive

आदर्श साकोसमा नयाँ कार्यसमिति चयन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, सहकारी by .

शिवसताक्षी । शिवसताक्षी न.पा.दूधे स्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा चन्द्रबहादुर थापा चयन भएका छन् । संस्थाको १६ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले थापालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यसै गरी उपाध्यक्षमा नीलकृष्ण खरेल, सचिवमा यादवप्रसाद घिमिरे, कोषाध्यक्षमा कमल सेन्चुरी सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा देवीप्रसाद तुम्बापो, मित्रप्रसाद थापा, रेनुका दहाल (घिमिरे), चन्द्रकला मैनाली, लोकमणी गौतम, यादव गिरी, नन्दीकेशर भट्टराई, कमला थेवेलाई अधिवेशनले चयन गरेको संस्थाका निर्वाचन संयोजक बद्री दाहाले जानकारी दिए ।

त्यस्तै लेखा समिति संयोजकमा विष्णुलाल भट्टराई, भिष्मप्रसाद खरेल, विजय लिम्बु साँवा चयन भएका छन् । उनीहरुलाई निर्वाचन संयोजक बद्री दाहालले पद तथा गोपनियताको सफथ गराएका थिए ।

यसैबीच संस्थाले आर्थिक वर्ष २०७७ ÷७८मा ३५ लाख ७१ हजार १०६ रुपैया खुद नाफा रहेको सञ्चालक समितिद्वारा प्रस्तुुत प्रतिवेदनमा उल्लेख छ । कार्यक्रम संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने घोषणा गरेको छ । साधारण बचत तर्फ निर्मला राजवंशी, सुजन घिमिरे, सर्वनकुमार राजवंशी, चन्द्रकला पोख्रेल, मञ्जु बाँस्कोटालाई सम्मान गर्ने भएको हो । बाल बचततर्फ कविता निरौला, ज्येष्ठ नागरिकतर्फ शरणबहादुर कटुवाल, दिननाथ गौतम, खुत्रुके बचततर्फ गोमा मैनाली, विष्णुमाया उप्रेती, मिठु लिम्बुलाई संस्थाको स्थापना दिवशका दिन सम्मान गरिने संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिए ।

संस्थाले यस वर्षदेखि एकल महिला तथा ज्येष्ठ नागरिक सदस्यलाई १० जनालाई भत्ता प्रदान गर्ने भएको छ । त्यसैगरी कार्यक्रममा पूर्व सञ्चालक केशिला सेर्मा र चन्दनकुमार बस्नेत र कर्मचारी टिकादेवी लामिछाने ढकाललाई सम्मान गर्ने जानकारी गराएको हो ।

संस्थाले कोरोना भाइरस संक्रमणको जोखिमका कारण गएको २१ गतेबाट विभिन्न वडाहरुमा घुम्ती साधारण सभा गर्दै आएको र आज संस्थाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी सम्पूर्ण साधारण सभाका कार्यक्रमहरुको समापन गरेको हो ।

कार्यक्रमा संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले सञ्चालन समितिको प्रतिवदेन बाचन गरेको थिए भने आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका सचिव सदस्य यादवप्रसाद घिमिरेले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *