Sajhamanch Archive

स्थिति सामान्य भएसँगै सर्वसाधारणका लागि खुल्ला गरियो वाटर किङ्डम पार्क

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङ्डम पार्क भाद्र ३१ गतेबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बन्द अवस्थामा रहेको वाटर किङ्गडम पार्क स्थिति सामान्य भएसँगै खुल्ला गरिएको हो ।
वाटर किङ्गडम पार्क खुल्ला भएपछि पर्यटकहरुको आगमन सुचारु भएको वाटर किङ्डम पार्कका सञ्चालक राजकुमार संग्रौलाले जानकारी दिए ।
उनका अनुसार पार्कमा हाल विभिन्न संघ संस्थाहरुले कार्यक्रम गर्न सुरु गरेका छन् । हाल पार्कमा आउने पर्यटकहरुले स्वीमिङ्ग पुल, जीपलाइन, जीप साइकिलिङ्ग लगायतको मजा लिन सक्ने छन् ।

पार्कमा ५ सयको टिकट काटिसकेपछि जीप लाइन बाहेक सबै प्रकारका .मजा लिन सक्ने सञ्चालक संग्रौलाले जानकारी दिए । उनका अनुसार जीपलाइन, जीप सुपर मेन, जीप साइकिलिङ्गका लागि छुट्टै शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

पार्कले तिन तारे होटल समेत सञ्चालनमा ल्याएको जनाएको छ । टाडाबाट आउने मानिसहरुलाई मध्यनजर गर्दै पार्कले होटल सञ्चालनमा ल्याएको हो । आउँदो मंसिर महिना देखि वाटर किङ्गडम पार्कमा सिटीभिटीबाट मान्यता प्राप्त होटल सम्बन्धी कक्षा सञ्चालन गर्ने सञ्चालक राजकुमार संग्रौलाले जानकरी दिए । उनका अनुसार प्रोफेसनल कुक, जेनेरल कुक, हाउस किपिङ्ग, वेटर, रिसिप्सन फर्न अफिस टेनिङ्ग १८ महिना देखि ३ महिने कोर्ष समेत पढाई हुने व्यवस्था मिलाइएको छ ।

हालसम्म उक्त वाटर पार्कमा ४५ करोड लगानी भइसकेको समेत सञ्चालक संग्रौलाले जानकारी दिए । संग्रौलाले कोभिडका जोखिम रहेकाले स्वास्थ्य मापदण्ड अपनाई स्वीमिङ्ग पुलको मजा लिन सबैलाई आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *