नाम अनुसारको कामगर्दै एनएमसी सहकारी
Published:
by .कमल । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ( एन.एम.सी) ले एकाईगत साधारणसभा गर्ने क्रममा आज केर्खा एकाईको साधारणसभा सम्पन्न गरेको छ ।
सहकारीको परिवर्तित कानुन अनुसार सबै सदस्यलाई वार्षिक साधारणसभामा उपस्थित गराउन नसक्ने भएकोले यसरी एकाईगत रुपमा साधारणसभा गर्दै २९ औं वार्षिक साधारणसभाकालागी प्रतिनिधी छनौट गरिएको हो ।
नेपाल बहुउद्देश्यीय बचत र ऋणको कारोबार साथसाथै सदस्यको भावना अनुरुप विभिन्न क्षेत्रमा आफ्नो लगानी गरेर आफ्नो सदस्यलाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्दै आएको अध्यक्ष काफ्लेले बताइन् ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष भगवती घिमिरेले सञ्चालक समितिकोतर्फ बाट अध्यक्षद्वारा प्रतिवेदन र लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन प्रस्तुत प्रस्तु गरेकी थिइन् । क्षेत्रिय कार्यालाय ईलामका प्रमुख बासुदेब खतिवडाले स्वतन्त्र लेखा परीक्षणको प्रतिवेदन र सस्थाको आगामी वर्ष सञ्चालनहुने कार्यक्रम प्रस्तुत गर्ने भएको प्रतिवेदन माथि छलफल र सुझाव सहित पारित गरिएको थियो ।
केर्खा एकाई केन्द्रका संयोजक अग्निप्रसाद कोईरालाको अध्यक्षतामा सम्पन्न साधारणसभाका अतिथीलाई सञ्चालक सदस्य शान्ता दाहालले शाब्दिक शाब्दद्वारा शुभकामना दिएकी थिइन भने शाखा प्रमुख विनिता बस्तेतले सञ्चालन गरेकी थिइन् ।
Comments