विभिन्न संचारमाध्यममा प्रकाशित समाचारप्रति नगर सभापतिका प्रत्यासी उमेद्वार थापाको आपत्ति
Published: (Updated: )
by .विर्तामोड । नेपाली कांग्रेको १४ औं महाधिवेशनका लागि शिवसताक्षीमा चुनावी गर्मा गर्मी बढेको बेला विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति शिवसताक्षी नगरका आंकाक्षी उमेद्वार पदम थापाले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसको नगर सभापति पदमा पदम थापा, अशोक बस्नेत, तुला बोखिम र रुद्रमणी भट्टराईको नाम चर्चामा छ । प्रत्यासी उमेद्धार असोक बस्नेतलाई पदम थापाले समर्थन गर्ने शर्षकमा समाचार प्रकाशित भएपछि थापाले आपत्ती जनाएका हुन् ।
थापाले सत्य तथ्य नबुझी हचुवाको तालमा समाचार प्रकाशित गरेर पार्टी भित्र गुठ उपगुठलाई प्रस्रय दिएको भन्दै आपत्ती प्रकट गरेका छन् ।
आफुले नेका नगर सभापतिका कुनै पनि उमेद्वारलाई समर्थन गर्ने कुरा कही कतै नगरेको दावी गरेका छन् । थापाले यस्ता समाचारले एक–अर्कालाई आघात पुग्ने भन्दै उक्त समाचार सच्याउन आग्रह गरेका छन् ।
पार्टीको आन्तरिक निर्वाचनमा एकले अर्कालाई अस्वीकार गर्ने वातावरण तयार नगर्न उनले सबैलाई आग्रह गरेका छन् । बजारमा चलेको समाचारको हल्ला निरर्थक हो, त्यसमा कोही विचलित हुनुपर्ने अवस्था नहरेको थापाको भनाई छ ।
‘नेपाली कांग्रेसको राजनीतिक वर्गीयताको हिसाबमा आफू सभापतिको दावी गर्न सक्ने हैसियत भएकोले साझा समझदारीको आधारमा नेपाली कांग्रेस अघि बढाउन सबै नेताहरुलाई आग्रह गर्दछु, थापाले भने । सभापतिको उम्मेद्वारीको हैसियत बराबर भएकोले दुवै प्रत्यासी उम्मेद्वारहरुसँग आन्तरिक राजनीतिक विषयमा कुराकानी भए पनि कोही कसैलाई समर्थन गरेर अघि बढ्ने कुरा नगरेको थापाको भनाई छ ।
यता नगर सभापतिका प्रत्यासी उमेद्वार रुद्रमणी भट्टराई एक विज्ञप्ती जारी गर्दै आफु नगर सभापतिमा उमेद्धारी नदिने घोषणा गरेका छन् ।
आफ्नै साथीहरुबाट पार्टी भित्रको आन्तरिक चुनावमा अशोभनीय र सामाजिक सन्तुलन खल्बल्याउने हिसाबले काम गरेको भन्दै आफुले उमेद्धारी नदिने घोषणा गरेको बताएका छन् ।
आफुले उमेद्धारी नदिएपनि युवा उमेद्धार तुला बोखिमलाई समर्थन गरेर अघि बढ्ने उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Comments