Sajhamanch Archive

१४ सांसदविरुद्ध रिटको सुनुवाइ जारी, कस्तो आउला फैसला ?

Published: in मुख्य समाचार, विविधा, समाज by .

काठमाडौं । नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ जारी छ । न्यायाधीश दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको अदालत प्रशासनले जनाएको छ।

माधव नेपालसहित १४ संसदमाथिको कारवाही रोकेर पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखले सहयोग गरेको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो ।

हाल सभामुख सापकोटाले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ। सभामुख सापकोटाले कारवाही गरेका सांसदहरुको सूचना सार्वजनिक नगरेको भन्दै मार्गप्रशस्त गर्न एमालेको माग छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *