कमल गाउँपालिकद्वारा वालमैत्री शासनयुक्त स्थानीयतह घोषणा कार्यक्रमलाई तिव्रता
Published:
by .कमल । झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा अभियानलाई तिव्रता दिएको छ ।
“खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ आगामी फागुन मसान्तसम्ममा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा गर्ने कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाएको छ ।
बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये ११ वटा सुचक पुरा भएका छन् । अन्य धेरै सुचकको नजिक पुगेको गाउँपालिकाले जनाएको छ । सबै प्रकृया पुरा गरी फागुन मसान्त सम्ममा वाल मैत्री स्थानीय तह घोषणा गर्न सकिने कमल गाउाँपलिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
यसैगरी सबैभन्दा पहिले बालमैत्री वडा घोषणा गर्ने वडालाई विकास बजेटबाट १० लाख रुपैया र सबै भन्दा पहिले बालमैत्री घोषणा गर्ने सामुदायिक विद्यालय अन्तर्गत पहिलो हुनेलाई १ लाख ५० हजार दोस्रो एक लाख र तेस्रो ५० हजार रुपैयाबाट प्रोत्साहन स्वरुप नगद प्रदान गरिने अध्यक्ष काफ्लेले जानकारी दिइन् ।
Comments