Sajhamanch Archive

मेचीनगरका चिया बगानमा कार्यरत ७ सय ८६ मजदुरलाई खोप लगाईयो

Published: in विविधा, स्वास्थ्य by .

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न चिया बगानमा कार्यरत मजदुरहरुलाई कोभिड १९ विरुद्घको खोप लगाउन शुरु गरेको छ ।

नगरप्रमुख विमल आचार्यका अनुसार विहीबार नगरपालिकाको ८ नम्बर वडामा रहेको टोकला चिया कमान र ६ तथा ७ नम्बर वडामा रहेको सतिघट्टा चिया बगानमा कार्यरत ७ सय ८६ मजदुरहरुलाई खोप लगाएको हो ।

नगरभित्रका चिया बगामा कार्यरत मजदुरहरुलाई लक्षित गरेर सञ्चालन गरेको खोप अभियानमा बगान प्रशासनले सम्बन्धित वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिसँग समन्वय गर्न समेत नगरप्रमखु अचार्यले आग्रह गरे ।

टोकला चिया कमानमा कार्यरत कारखानामै ३ सय ६८ जना र सतिघट्टा चिया बगानमा कार्यरत ४ सय १९ जना मजदुरहरुलाई खोप लगाइएको थियो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले शुक्रबार नगरको १५ नम्वर वडामा रहेका वैभव, कालिकालगायत अन्य चिया बगानमा कार्यरत ६ सय तथा ५ नम्बर वडामा रहेका विभिन्न चिया बगानमा कार्यरत ३ सय तथा विभिन्न सहकारी, डेरी उद्योगमा कार्यरत ६ सय गरेर १ हजार ५ सय जनालाई खोप लगाउने तयारी गरिएको बताइन् ।

नगरपालिकाले आइतबारबाट वडास्तरीय खोप अभियान शुरु गर्ने भएको छ । नगरपालिकाले प्राथमिकताका आधारमा सबै व्यवसायी, खेलाडी, मजुदर विभिन्न संघ सस्थामा कार्यरत कर्मचारी लगायतलार्ई खोप लगाउने तयारी गरेको गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *