Sajhamanch Archive

माइधारको दुर्घटनामा पिकअप चालकको मृत्यु, ट्राफिक चेकको कारण दुर्घटना भएको भन्दै स्थानीय आन्दोलित

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

शिवसताक्षी । झापाको माइधारमा टिपरको ठक्करबाट पिकअप (सानो हात्ती)का चालकको मृत्यु भएको छ । टिपरले पिकअप गाडीलाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको हो । आज विहान को २ च २६३२ नम्बरको उक्त गाडीलाई टिपरले ठक्कर दिएको हो।

मृत्यु हुनेमा उक्त गाडाीका चालक दमक नगरपालिका ९ का ३९ वर्षीय नेत्र खड्काको रहेका छन् । टिपरले ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो।

प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेका बेला गाडी स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। हाल सम्म चालकको सव पिकअपमा रहेको छ ।

गलत स्थानमा ट्राफिक चेकका कारण दुर्घटना भएको भन्दै स्थानीयले टायर बालेर गाडी बन्द गराएका छन् । गाडी बन्द हुँदा गन्तव्य तर्फ हिडेका सयौ सख्यामा यात्रु अलपत्र परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *