अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान हुँदै जानेः मन्त्री साम्सोहाङ
Published:
by .विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताएका छन् ।
प्रदेश सरकारले प्रदेश स्तरिय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ती गरिसकेकाले अव अपाङ्गता संम्बन्धी सम्पूर्ण काम सो समितिले गर्ने उनले बताए । उनले भने, भीमा खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेर समितिलाई पूर्णता दिइएको छ । २ वर्षदेखि उपाध्यक्ष नियुक्त हुन नसक्दा समितिले काम गर्न सकिरहेको थिएन ।
प्रदेश सरकारले नीति, कार्यक्रम र बजेट तयार गर्दा अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चिताको माग गर्दै आर्ज राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ समितिको टोली मन्त्री साम्सोहाङलाई समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
अपाङ महासंघको टोलीले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण हुनुपर्ने, आवश्यक सहायक सामाग्रीको व्यवस्था हुनुपर्ने, दोभाषेको नियुक्ती हुनुपर्ने लगायतका ५ बुँदे माग मन्त्री साम्सोहाङलाई बुझाएको थियो । प्रदेश स्तरका ऐन, कानुन, नीति, निर्देशीका र कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु राज्यको नीति अनुरुप समावेशीकरण गराउन र संघीय स्तरमा बनेका ऐन, कानुन, नीति, निर्देशीका र कार्यक्रमको कार्यन्वयनका लागि सकारात्मक दवाव दिने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघले जनवकालत कार्यक्रमको अभियान अगाडी सारिएको महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत सरोज नेपालीले बताए । मन्त्री साम्सोहाङँले महासंघले राखेका माग प्रति आफु सकारात्मक रहेका जानकारी दिए ।
Comments