उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम
Published:
by .कमल । कमल गाउँपालिकाले चालु आर्थिक वर्षमा सन्चालन हुने योजनासँग सम्बन्धित उपभोक्त समितिका पदाधिकारीलाई एकदिने अभिमुखीकरण तालिम प्रदान गरेको छ ।
उपभोक्ता समितिलाई तालिम बिना योजाना सन्चालन गर्दा कामको गुणस्तर नहुने, उपभोक्ता समितिलाई हिसाव फरफारा गर्न पटक–पटक गाउँपालिकासम्म पुग्नु पर्ने, जस्ता समस्यालाई न्युनिकरण गर्नका लागी तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिममा उपभोक्ता समिति गठन प्रक्रिया, उपभोक्ता समितिको योग्यता र काम कर्तव्य अधिकार लागत अनुमान, नामी, कार्य सम्पादन तथा भुक्तानी प्रक्रिया लगायतका विषयमा योजना शाखाका अधिकृत रामचन्द्र गजुरेल, ईन्जिनियर सागर यादब, लेखा शाखाका रिता सुवेदी र दिपिन गिरीले सहजीकरण गरेका थिए ।
तालिममा वडा नम्वर ७, ६ र ३ मा सन्चालित योजनासँग सम्वन्धित उपभोक्ता समितीलाई प्रदान गरिएको र बाँकी वडामा पनि क्रमशः सन्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
Comments