Sajhamanch Archive

विर्तामोडकी एक महिलालाई जंगली हात्तीले सुडमा च्यापेर जंगलतिर लग्यो, खोजी कार्य जारी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

विर्तामोड । जंगली हात्तीले एक महिलालाई झापाको चन्द्रगढी सामुदायिक बन भित्र सुडले च्यापेर लगेपछि प्रहरीले महिलाको खोजी कार्य गरिरहेको छ । हालसम्म महिलालाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

बिर्तामोड नगरपालिका ८ की ५० वर्षीया महिला लतुमाई मर्डीलाई चन्द्रगढी सामुदायिक वन भित्र निगुरो टिप्ने क्रममा विहान ११बजेर ५० मिनेटमा एउटा जंगली हात्तीले सुँडले बोकेर वनभित्र लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

भद्रपुर नगरपालिका– १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वनभित्र बिर्तामोड नगरपालिका –८ स्थित नेपाल चोक निवासी शुकलाल मर्डी र उनकी ५० वर्षीया श्रीमती लतुमाई मर्डी निगुरो टिप्न गएका थिए। सोही बेला जङ्गली हात्तीले शुकलालकी श्रीमती लतुमाईलाई सुँडले च्यापेर जङ्गलभित्र लगेको हो।

जङ्गलभित्र महिलाको चप्पल, पोतेको झुत्तो र अलिकति कपालको गुजुल्टो फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा महिलाको खोजी कार्य भइरहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *