कमल गाउँपालकाद्वारा ३५ जना ज्येष्ठ नागरिक सम्मानित
Published:
by .कमल । ३१ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवश २०७८ का अवसरमा आज झापाको कमल गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
गाउँपालिकामा भएका ७० वर्ष भन्दा माथिका ३५ जना ज्येष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बीच छाता र लौरो दिदै खाता ओढाएर सम्मान गरिएको हो ।
ज्येष्ठ नागरिकले समाज परिवर्तन र देशको उन्नतीका लागी विभिन्न ठाउँमा रहेर धेरै काम गरेका छन् । अहिलेका नयाँ पुस्तालाई धर्म संस्कृति र इतिहासको बारेमा ज्येष्ठ नागरिकहरुबाट पहिलो पाठशालाको रुपमा सिक्ने पाइने कमल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले बताए । आफ्नो क्षमताले भ्याएसम्म राष्ट्र निर्माणका लागी उहाँहरुको ठुलो योगदान छ । उनले भने, उहाँहरुको योगदानलाई हामीले सधै सम्मान गर्नुपर्छ ।
ज्येष्ठ नागरिकसँग ज्ञान, सीप, पुराना अनुभवहरुलाई पुस्ता हस्तान्तरण गर्न आवश्यक रहेको प्रशासकीय राईको भनाई थियो ।
गाउँपालिका लगायत विभिन्न सामाजिक संघ सस्थाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिरहँदा तीनै ज्येष्ठ नागरिकहरु आफ्नै परिवारबाट तिरस्कृत हुनु परेकाले अझै पनि समाज रुपान्तरणहुन बाँकी रहेको छ । समाजलाई कमजोर पार्ने खालका विभिन्न क्रियाकलापहरु भएका छन् । हामी हाम्रो धर्म संस्कृति विर्सदै छौ र पश्चिमा संस्कृती मौलाउदै गएको छ । हामीले हाम्रा अग्रजले गरेको योगदानका साथै सस्कार संस्कृत कहिलै भुल्नु नहुने सम्मानित व्याक्तित्व पूर्णानन्द दाहालले बताए ।
लामोसमय विभिन्न क्षेत्रमा काम गरेर सेवा निबृत्त भई समाज परिवर्तनमा लाग्नु भएका ज्येष्ठ नागरिकहरुसँग धेरै अनुभव छ । त्यो अनुभवलाई अहिलेका पुस्ताले ग्रहण गर्दै अगाडी बढ्न आवश्यक छ । समाज परिवर्तनकालागी ज्येष्ठ नागरिकले गरेको योगदानको सधै कदर गर्नु पर्ने अर्का सम्मानित व्याक्ति प्रेम बहादुर राईले बताए । आज हामी जहाँ छौ, त्यो हाम्रा अभिभावकको योगदानका कारण छौ । उहाँहरुले देखाएको सहिमार्गका कारण मात्र यो सम्मव भएको कार्यक्रमका सहभागीले बताए ।
कमल गाउँपालिका कार्यपालिका सदस्य तथा कार्यवाहक अध्यक्ष सीता निरौलाको अध्यक्षतामा भएको कार्यक्रमलाई रविन गौतमले सन्चालन गरेका थिए ।
Comments