Sajhamanch Archive

एमाले विधान महाधिवेशन: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्नेमा जोड

Published: in मुख्य समाचार, राजनीति, विविधा by .

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका प्रतिनिधिहरुले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

गोदावरीमा जारी महाधिवेशनको तेस्रो दिन बाँकी पाँचवटा समूहले समूहगत छलफलको निष्कर्ष पेश गरेको छ । अब केहीबेरमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिनेछन् ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रदेश २ समूहबाट सुझाव पेश गर्दै ज्वाला साहले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने प्रणालीमा जोड दिएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *