Sajhamanch Archive

पूर्व नेपालको २१औं वार्षिक साधारणसभा: टेलिभिजनकर्मी र सहकारी अभियन्तासहित दुई दर्जन बढी सम्मानित

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

कमल । पूर्व नेपाल बहुदेश्यीय सहकारी संस्थाले टेलिभिजन कर्मी र सहकारी अभियान्तासहित विभिन्न विधाका दुई दर्जन बढीलाई सम्मान गरेको छ ।

पूर्व नेपाल बहुदेश्यीय सहकरी संस्थाले २१ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट हिमशिखर टेलिभिजनका समाचार प्रमुख भुमिराज पराजुली र सहकारी अभियान्तातर्फ नेफ्स्कुनका पुर्व कोषाध्यक्ष केशव पोख्रेलसहित दुई दर्जन बढीलाई सम्मान गरिएको हो ।

त्यसैगरी सहकारीले सन्चालन गरेको बालबाल बचत तर्फ उत्कृष्ट कोपिला बचतकर्ताका तर्फ २७ जना बालबालिका तथा सहकारी एकिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने सिंहवाहिनी सहकारी र मावासंवृद्धि सहकारीका सञ्चालकलाई समेत कदर–पत्रद्वारा सम्मान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोख्रेलले सहकारीका सदस्यले उत्पादन गरेको बस्तु अन्तराष्ट्रिय बजारमा पठाउने तयारी भए पनि हामीसँग माग अनुसारको उत्पादन नभएका कारण पठाउन नसकिएको बताए ।

अहिले अन्तराष्ट्रिय बजारमा नेपालका सहकारीले उत्पादन गरेको सामानको माग प्रशस्तै छ । उनले भने, उनीहरुको माग बमोजिम हामीले दिन सकेका छैनौ । अहिले नेपाली महको चीनमा अत्याधिक माग छ । हाम्रो बर्षभरिको उत्पादनले उनीहरुको एक पटकको माग पनि धान्न सकेको छैन । अबका दिनमा हामीले सदस्यलाई व्यवसायिक बनाएर सदस्यले उत्पादन गरेको बस्तु तेस्रो मुलुकमा निर्यात गर्ने वातावरण सहकारीले बनाउनु पर्ने पोख्रेलको भनाई थियो ।

सदस्यलाई उध्यमशिलता बनाईदैन तबसम्म सदस्यले बचत गर्न सक्दैन् त्यसैले नेफ्स्कुनका पुर्व कोषाध्यक्ष केशव पोख्रेलले बताए ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, नवोदय बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष शरणकुमार पराजुली, ईन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टेकेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सञ्चालक समितिकातर्फबाट अध्यक्ष प्रेम सापकोटाद्वारा प्रस्तुत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिकातर्फबाट संयोजक केदारनाथ ढुङ्गेलद्वारा प्रस्तुत प्रतिवेदन छलफल पछि अनुमोदन गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष यामबहादुर कट्टेलले स्वागत मन्तव्य राखेका थिए भने सचिव दिपेन्द्र अधिकारीले कार्यक्रम सन्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *