Sajhamanch Archive

पाकिस्तानमा शक्तिशाली भूकम्प

Published: in विश्व समाचार, समाज by .

काठमाडौं । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज ९बिहीबार० बिहान भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ ।

पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार भूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ । भूकम्पपछि क्वेटा शहरमा मानिसहरु सडकमा निस्केका बीबीसीले जनाएको छ ।

प्रारम्भिक रिपोर्टहरूका अनुसार ५।७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ । भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको मृत्यु भएको हो । स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार घटनामा करिब ५० जना घाइते भएका छन् । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *