झिलझिलेमा ग्लोवलको रजत महोत्सव, पत्रकार तथा शिक्षक सम्मानित
Published:
by .कमल । ग्लोवल एजुकेशनल एकेडेमी माध्यमिक विध्यालय दमक ६ ले आज आफ्नो रजत महोत्वस तथा विजया दर्शैको शुभकामना आदान प्रदानका साथै पत्रकार तथा शिक्षकलाई सम्मान तथा विदाई गरेको छ ।
दमकलाई शिक्षाको हव बनाउने उद्देश्यीयले २०५३ सालमा ३३ जना शिक्षा प्रेमीबाट स्थापना गरिएको विद्यालयले विभिन्न आरोहअवरोह पारगर्दै आज रजत महोत्सवको अवसरमा विभिन्न व्याक्तिलाई सम्मान तथा विदाई गरेको हो ।
झिलझिले स्थित वाटर किङ्गडम पार्कको सभाहलमा भएको कार्यक्रममा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, शिक्षक नवलचन्द्र गुँरागाईलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी विद्यालयका शिक्षा समिति संयोजक डिल्लीप्रसाद भट्टराईलाई विदाई गरिएको थियो ।
शिक्षकले विद्यार्थीलाई ८ घण्टा घोकाउने भन्दा पनि विद्यार्थीको भावना बुझेर उनीहरुरुलाई पढ्ने वातावरण सिर्जना गर्नु मूख्य कुरा रहेको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बताए । पछिल्लो समयमा नकारात्मक कुराहरुको वढी प्रचार हुने गरेकोले विद्यार्थीलाई सकारात्मक सोचको विकास गर्र्नु आजको शिक्षाको प्रमुख उद्देश्यीय रहेको मेयर ओलीको भनाई थियो ।
विद्यालय रजत महोत्सवसम्म ल्याई पुर्याउन महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुले गरेका विभिन्न गतिविधिका बारेमा पुर्व अध्यक्ष तथा हाल शिक्षा समिति संयोजक खेम प्रसाद भण्डारीले जानकारी गराए ।
विद्यालयका अध्यक्ष दिल बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य गुणराज अधिकारी, प्याव्सन झापा वरिष्ठ उपाध्यक्ष गौरीमान फागो, पत्रकार गञ्जबहादुर दाहाललगायले शुभकामना मन्तव्य राखेका थिए भने शिक्षक श्यामप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।
Comments