Sajhamanch Archive

बुटलमा कर्फ्यु कायमै,प्रहरीको गोली लागि मृत्यु भएका चारमध्ये एकको मात्र सनाखत

Published: in मुख्य समाचार, विविधा, समाज by .

बुटवल । बुटवलको मोतीपुरमा हिजो (आइतबार) दिउँसो ४ बजेदेखि जारी गरिएको कर्फ्यु कायमै राखिएको छ ।

झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जना सर्वसाधरणको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो ४ बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो ।

त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज ९सोमबार० सुरक्षा समन्वय समितिको बैठक बस्दैछ ।

हिजो मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भए पछि गोली चलाएको प्रहरीले जनाएको छ । झडपमा गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१० का ४८ वर्षका रमेश परियारको मात्र पहिचान खुलेको छ ।

झडपमा ४९ प्रहरी घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ । घटनामा नेपाल प्रहरीका ३० र सशस्त्र प्रहरीका १९ जना घाइते भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । घटनामा कयौं सर्वसाधारण पनि घाइते भएका छन् ।

यस्तै ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतवार अपरान्ह झडप भएको थियो । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *