Sajhamanch Archive

कमल गाउँपालिकामा ५६ करोड ७६ लाख बजेट विनियोजन

Published: (Updated: ) in स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले आइतबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय निकाय गठनपछि भएको पहिलो सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकाले नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा जनतालाई जानकारी गराएको हो ।

गाउँपालिकाले कृषि तथा पशु विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य र विकास निर्माण लगायतका कार्यक्रम सार्वजनिक गरिएको हो । जसका लागि कुल ५६ करोड ७६ लाख १२ हजार रुपैयाको वजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको बताए । बजेटमा शिक्षा क्षेत्रमा छुट्याएको रकम अपुग हुने र प्रभावकारी ढंगबाट नहुने अधिकांशको बुझाई थियो ।
कार्यक्रमा सहभागीहरुले राखेको जिज्ञासाको उत्तर गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष वेनु सिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले दिएका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, विद्यालयका शिक्षक, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चारकर्मी उमानाथ भण्डारीले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *