Sajhamanch Archive

अविरल वर्षाका कारण झापाका किसानले लगाएको धानबाली पानीमा डुब्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by .

शिवसताक्षी । सोमबारदेखि परेको अविरल वर्षाका कारण झापाका किसानको धानबाली नष्ट गरेको छ । किसानले वर्ष भरी खाने खाद्यन्य धानबाली पानीले नष्ट गरेको हो ।
झापा लगायत तराईका मोरङ, सुनसरी जिल्लामा लगाएका धान बाली पानीले नष्ट गरेको हो ।

यतिबेला किसानले धान काटर पाँजा लगाएका थिए । कतिपय किसानले पाँजा लगाएको धान उठाउन तमतयार थिए । काट्न आँटेको धान समेत हावा सहित परेको पानीले धानकोे बोट भाँचेर सोत्तर बनाएको  छ ।

त्यस्तै झापाको शिवसताक्षीमा पनि धानको पाँजा पानी डुबेका छन् । काट्न लागेको धान समेत हावा पानीले लडाएर बाला पानीमा डुबेका छन् ।
स्थानीय सीता गुरुङ्गको करिव एक विगाहमा लगाएको धानको पाँजा पानीमा डुबेको छ । धानको पाँजा उठाएर कुन्यू लगाउँने दिन नै पानी परेकाले पाँजा लगाएको धान खेतमै डुबेको उनले बताइन् । भरीका लागि खाद्यन्य धान बाली खेतमै उम्ब्रिन थालेको छ । अष्टमीको दिन काटेको धान पाँजा सुेकपनि उठाउन लाग्दा अचानक पानी पर्यो, उनले भनिन् भोली घाम लाग्ला र उठाउँला भनेको, झन् ठुलो पानी पर्यो, सबै धान अहिले पानीमा डुबेको उनले बताइन् ।

शिवसताक्षी ११ की सीता गुरुङ्गले करिब १ विगाहमा लगाएको धान

यता किसानले पाँजा उठाएर खेतमा कुन्यू लगाएको धान समेत पानीमा छ । खेतमा पानी जमेपछि कुन्यू नै पानीमा डुबेको हो । शिवसताक्षी ११ का हरि चौधरी, टिका लिङ्खिम, हरि घिमिरेको धान पनि पानीले डुबाएको छ । उनीहरु प्रतिनिधि पात्र मात्र हुन् । अधिकांश किसानको धान पानीले नष्ट गरेको छ ।

झापाका मेचीनगर, बिर्तामोड, झापा, कन्काई, गौरीगंज, गौरादह, हल्दिबारी काचनलावल लगायतका क्षेत्रमा सोमबार रातिदेखि बेस्सरी पानी परेको छ । खेतका गरामा सुकाउन लगाइएको धानको पाजा पानीले चुर्लुम्मै डुबाएपछि किसानहरू चिन्तित बनेका छन् ।

शिवसताक्षी नगरको शिवगञ्ज, पाँचगाछी,मंगलबारे ,पाराबारी लगायतका सबैजसो क्षेत्रमा पानीले धान नष्ट गरेको किसानहरुले बताएका छन् । यतिबेला असार श्रावण महिनामा लगाएको धान किसानले घरमा भित्रयाउने समय हो । गएको वर्षहरु भन्दा यसवर्ष समय नै पानी परेकाले धान बाली निकै राम्रो र सबै किसानको धान फलेको थियो । तर हावा हुरीसँगै आएको पानीले सबै नष्ट गरिरिदिएको शिवसताक्षी ११ का हरि घिमिरेले बताए । उनको १० कठ्ठाको धानको कुन्यू नै पानीमा डुबेको छ ।

झापामा मुसुली, बास्मतीलगायतका धान अली ढिलो पाक्ने गर्दछ । तर अगुवा धान सुख्खा ३, चैते २, गोरखनाथ, मिथिला, लगायतका धानहरु छिटै पाक्ने गर्दछन् । किसान हिउँदै सब्जी छिटै निकाल्ने खेतमा र डाँडो खेतमा भने सुख्खा ३ चैते २, जस्ता छिटै पाक्ने धान लगाउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *