Sajhamanch Archive

एमालेको नयाँ मापदण्ड: प्रतिनिधि बन्न १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by .

काठमाडौ । नेकपा एमालेले प्रथम विधान महाधिवेशनबाट प्रतिनिधिका लागि नयाँ मापदण्ड तोकेको छ । असोज १५ देखि १७ गतेसम्म सम्पन्न महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशन प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

संशोधित विधानको धारा ६३ यो व्यवस्था छ । तर धारा ६३ को उपधारा १ मै महिला, दलित,श्रमिक,अल्पसंख्यक,आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष पार्टी सदस्य भए पुग्ने व्यवस्था राखिएको छ ।

त्यसैगरी एमालेको केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भएर एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था पनि गरेको छ । एमालेले केन्द्रीय कमिटी सदस्य उम्मेदवार हुने मापदण्ड पनि एमालेले विधानमै तोकेको छ ।

यसका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएपछि मात्रै उम्मेदवार बन्न पाउनेछन् ।

साथै माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनैपनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी बस्न नपाउने व्यवस्था गर्दै कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद पनि लगाएको छ । एमालेको दशौँ महाधिवेशन मङ्सिरको दोस्रो साता हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *