Sajhamanch Archive

ठाकुरको जन्म जयन्तीको अवसरमा बैंसाबाडीमा स्वास्थ्य शिविर

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

बिर्तामोड । अनुकुलचन्द्र ठाकुरको १३१औं जन्म जयन्तीकोको उपलक्ष्यमा रविन आयुर्वेदिक फार्मेसीको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

सत्संग नेपाल बैसाबाड़ीको व्यवस्थापन तथा किर्तिपुर शिक्षण अस्पतालबाट बिएएमएस गर्नु भएकी महिला डाक्टर अहिल्या मैनालीले १३० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेकी हुन् ।

शिविरमा रगत परीक्षण, फिजियोथेरापी परामर्श तथा एक लाख रुपैयाँभन्दा बढी मूल्यको औषधि निशुल्क वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा भास्कर, हिमालय, ग्रेस, रुद्रदेव, वान, उपदेश, धर्मानिज, ममता जडिबुटीलगायतका कम्पनीहरुले औषधि निशुल्क उपलब्ध गरोएका रविन आयुर्वेदिकका सञ्चालक रणदेव हजामले जानकारी दिए ।

ठाकुरको जन्म जयन्तीको उपलक्ष्यमा सत्संगीहरुले भजन कीर्तन गरी उत्सव मनाएको सत्संग नेपाल बैसाबाड़ीका अध्यक्ष सुमन शर्मा जमरकट्टेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *