न्यायलयको गरिमा जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्छःपूर्वन्यायाधीश फोरम
Published:
by .काठमाडौं । पूर्वन्यायाधीश फोरमले न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निकास दिनुपर्ने बताएको छ ।
अध्यक्ष टोपबहादुर सिंहले शुक्रबार विज्ञप्ति जारी गरी न्यायालयको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश जबरा स्वयंले निकास दिनु वान्छनीय र अनिवार्य हुने बताएका हुन् ।
तर प्रधानन्यायाधीले न्यायपालिकाको पक्षमा उदारता नदेखाएमा प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्नुपर्ने पूर्वन्यायाधीश फोरमले बताएको छ ।
‘‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुनसक्छ । यो वान्छनीय र अनिवार्य पनि देखिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
Comments