Sajhamanch Archive

नेकपा एमालेको वडा अधिवेशनः शिवसताक्षीका सात वडामा सर्वसम्मत

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by .

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शिवसताक्षी वडा अधिवेशनमा नगरका ७ वटा वडामा वडा कार्य समिति सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमालेको दशौ महाधिवेशन अन्तर्गत प्रथम अधिवेशनबाट २ वर्षे कार्यकालका नगरको ११ वडा मध्ये ७ वटा वडाका वडाअध्यक्ष सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । नगरको वडा ५,६, ८ र १० नं. वडामा सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन हुने भएको छ ।

नेकपा एमाले शिवसताक्षी नगरको वडा नं. १ को अध्यक्षमा नरेन्द्र दाहाल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा दिलकुमारी बस्नेत, सचिव होमबहादुर भण्डारी, उपसचिव प्रेम फुयाल सर्वसम्मत चयन भएका छन् । जसमा नगर प्रतिनिधिको रुपमा ४६ जना छनौट भएका छन् ।

त्यस्तैगरी वडा नं. २ को अध्यक्षमा कुमार राई, उपाध्यक्षमा भोजकुमार ढकाल, सचिवमा प्रदिप चिमोरिया, उप सचिबमा चन्द्र मादेन र विटु वित्रा सतार गरी ३१ सदस्य सर्वसम्मत चयन भएका छन् । वडा नं. २ बाट नगरप्रतिनिधिका रुपमा ३६ जना छनौट भएको बताइएको छ ।

वडा नं. ३ को अध्यक्षमा कलमान सेर्मा, उपाध्यक्षमा नरमाया सापकोटा, सचिवमा गुरु भक्त भट्टराई, उपसचिवमा नन्दप्रसाद सुवेदी र यामकुमार गौतम सर्वसम्मत चयन भएको शिवसताक्षी नगर कमिटीले जनाएको छ । वडा नं. ३ बाट नगर अधिवेशनका लागि २५ जना छनौट भएका छन् ।

त्यस्तै वडा नं. ४ को अध्यक्ष विरेन्द्र तामाङ्ग, उपाध्यक्षमा देवी बाँस्कोटा, सचिवमा जितेन्द्र शाह, उप सचिवमा भक्ति भण्डारी र चित्रकला खतिवडा सर्वसम्मत चयन भएका हुन् । वडा नं. ४ बाट नगरप्रतिनिधिका लागि ५७ जना छनौट भएका छन् ।

वडा नं. ६ को भने सचिव पदमा मात्र सर्वसम्मत चयन भएको छ । जसमा रेवत खनाल रहेका छन् । अन्य पदमा भने सर्वसम्मत हुन नसकेको नेकपा एमाले नगर इन्चार्ज ज्ञानेन्द्र विकले जानकारी दिए ।

वडा नं. ७ को अध्यक्षमा राजबहादुर लिम्बु, उपाध्यक्षमा कृष्ण न्यौपाने, सचिवमा लोकेन्द्र बुढाथोकी, उपसचिवमा भिम योङ्गहाङ्ग र निर्मला तामाङ्ग गरी ३१ सदस्य सर्वसम्मत चयन भएका छन् । जसमा नगर प्रतिनिधिका रुपमा ४३ जना छनौट भएको बताइएको छ ।

वडा नं. ९ को अध्यक्षमा मेदनी दंगाल, उपाध्यक्षमा सुन्दर कुमारी पाठक,सचिवमा जयनारायण पौडेल, उपसचिवमा चामुलाल सिटौला र डिल्लीराम बाँस्कोटा गरी ३१ सदस्य सर्वसम्मत चयन भएका हुन् । वडा नं. ९ बाट नगर प्रतिनिधिका रुपमा ८२ जना छनौट भएको छन् ।

त्यस्तै वडा नं. ११ को अध्यक्षमा डम्बर बहादुर तामाङ्ग, उपाध्यक्षमा राजेन्द्र खड्का, सचिवमा मित्रप्रसाद थापा, उपसचिवमा संजय तिम्सिना र चन्द्रकला खरेल गरी ३१ सदस्य सर्वसम्मत चयन भएका छन् । वडा नं. ११ बाट कार्तिक ९ गते हुने नगर अधिवेशनका लागि ५१ जना छनौट भएको अध्यक्ष डम्बर बहादुर तामाङले जानकारी दिए ।
आज भएको वडा अधिवेशनमा सर्वसम्मत नभएका वडाहरुमा भोली आइतबार सर्वसम्मतका लागि अन्तिम पहल गर्ने र सर्वसम्मत नभए ८ गते निर्वाचन गरी पदाधिकारी चयन गर्ने नेकपा एमाले शिवसताक्षी नगर इन्चार्ज ज्ञानेन्द्र विकले बताए ।

वडा अधिवेशनमा सहजीकरणका लागि वडा नं. १ मा राधाकृष्ण खनाल, वडा नं. २ मा सांसद एलपी साँवा, ३ मा, शिवसताक्षी नगरपालिका मेयर चन्द्रकुमार सेर्मा, ४ मा तुलसी मैनाली, ५ मा सत्य नारायण राजवंशी, ६ मा ज्ञानेन्द्र विक, ७मा नरमाया कार्की, ८ मा राजिव घिमिरे, ९ मा पुर्व सांसद तारासम योङ्या, १०मा धनमाया र ११ शिवसताक्षी उपमेर भोजकुमारी नेपाल पठाइएको नगर इन्चार्ज वि.क.ले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *