नेकपा एमालेः शिवसताक्षी नगरमा चार जना आकांक्षी, कसले बाजी मार्ला
Published:
by .शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीको आज हुन गइरहेको नगर अधिवेशनमा ४ आकांक्षीको नाम बाहिर आएको छ । शिवसताक्षी नगर कमिटिको अध्यक्ष पदका लागि चार जना आकांक्षीले आज उम्मेद्वारी दिने भएका छन् ।
शिवसताक्षी नगरपालिका वडा नं. ९ का मेघहाङ्ग थोप्रा (रोसन) वडा नं. ११ का डिल्लीरमण खतिवडा, वडा नं. ६ शिवगञ्जका सिताराम भेटुवाल र वडा नं. २ का कुलबहादुर बस्नेतले उमेद्वारी दिने भएका हुन् ।
अध्यक्ष पदका आकांक्षी मेघहाङ्ग थोप्रा (रोसन) झापा निर्वाचन क्षेत्र नम्बर ४ का पार्टी समायोजन भन्द अघिका उपाध्यक्ष हुन्। समायोजन पछि उनी पार्टीको जिल्ला सदस्य भएका थिए भने भेटवाल नगरका सचिव हुन् । यस अघिको नगर अधिवेशनमा भारी मतका साथ उनले नगर सचिव हात पारेका थिए ।
थोप्राले नेकपा एमाले शिवसताक्षीलाई एक ढिक्का बनाउँदै पार्टी भित्र रहेको असन्तुष्टिलाई चिर्दै पार्टीलाई थप जिम्मेवार बनाउनका लागि आफुले उम्मद्वारी दिन लागेको बताएका छन् ।
खतिवडा नेकपा एमाले शिवसताक्षी नगरका उपाध्यक्ष हुन् । उनि तत्कालिन सतासीधाम गाविसका पुर्व निर्वाचित जनप्रतिनिधि पनि हुन् । उनले पार्टीलाई स्वस्च्छ नेतृत्व प्रदान गरी स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको आगामी हुने निर्वाचनमा पार्टी उच्च सस्थान पुट्टयाउन भूमिको रहने बताए । नेकपा एमालेको विगतमा भएका तिक्ताहरुलाई मेट्दै नयाँ चिराबाट सबैलाई समेटी अघि बढाउने उनले बताए । अविेशनमा चित्तबुद्धो तरवरले सम्र्वसम्मत हुने भएमा पनि आफुले सहमति जनाउने खतिवडाको भनाई छ । खतिवडा साविकको सतासीधाम गाविस वडा नम्बर ६ को उनि वडा अध्यक्ष भएका थिए ।
यस्तै वस्नेत शिवसताक्षी नगरपालिका वडा नम्बर २ का निर्वाचित वडा अध्यक्ष हुन् । बस्नेत दुई पटक वडा अध्यक्ष भएका थिए । साविकको धरमपुर गाविसको पनि बस्नेत वडा अध्यक्ष भएका थिए ।
त्यसैगरी अर्का नगर कमिटी अध्यक्ष पदका आकांक्षी शिवसताक्षी नगरपालिका वडा नं. ६ निवासी हुन् । पार्टीलाई बलियो र सांगाठानिक रुपमा अघि बढाउन आफ्नो उम्मेद्वरी जरुरी रहेको बताउँछन् ।
उनले नेकपा एमाले पार्टी विधि, र पद्धतीले चलाउन, युवालाई जिम्मेवार बनाई हरेक कार्यमा अग्रसर गराउन, पार्टी भित्र समान अधिकार प्रत्यायोजन गर्न, नेकपा एमालेलाई सबैको साझा चौतारीको रुपमा विकास गर्न आफुले उम्मेद्वारी दिन लागेको बताए ।
पार्टीले ‘सामाजिक, राजनीतिक, भौगोलिक, सबै जातजातीका विचमा मेरो लगनशिलतालाई हेरेर मूल्यांकन गरेमा पार्टीको नेतृत्व आफ्नो हातमा आउने उनको दावी छ ।
चारै जना आकांक्षीहरु पार्टीको नेतृत्वका लागि सक्षम व्यक्तिहरु हुन् । नगर कमिटी अध्यक्षका लागि सहमति नभई चुनाव भएमा नगरप्रतिनिधीहरुले कसलाई चुन्नु हुनेछ त्यो हेर्न बाँकी छ । शिवसताक्षी नगर अधिवेशन अहिले दूधेको जनजाति भवनमा भइरहेको छ ।
Comments