नेकपा एमालेको नगर अधिवेशनः झापाका दुई पालिकामा मात्र सर्वसम्मत नेतृत्व चयन
Published: (Updated: )
by .शिवसाक्षी । नेकपा एमालेले दमक नगर कमिटी अध्यक्षमा होम नाथ पोख्रेल सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न प्रथम अधिवेशनबाट पोख्रेल सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी सचिव पदमा इन्द्र गुरुङ चयन भएका छन् । दमक नगर कमिटीको उपाध्यक्ष र दुईवटा उपसचिव पदमा सर्वसम्मत चयन गर्ने प्रयास जारी रहेको बताइएको छ ।
त्यस्तै कमल गाउँपालिका नेकपा एमालेले सबै पदमा नै सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ। नेकपा एमालेको कमल गाउँपालिकाको अध्यक्ष पदमा प्रेमबहादुर पोखरेल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा पृथ्वी पति राई, सचिवमा हरी ढकाल र उपसचिव द्वय पदमा चन्द्रकला ढकाल र वीरेन्द्र अधिकारी लगायत ७५ सदस्य कमिटी चयन भएको छ ।
नेकपा एमालेको आज सम्पन्न अधिवेशनबाट झापाका १५ स्थानिय तह मध्ये दुईवटा पालिकाले मात्रै नेतृत्व चयन गर्न सकेको हो । झापा अन्य १३ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुने प्रक्रिया जारी रहेको छ ।
Comments