Sajhamanch Archive

विवादकै बीच प्रधानन्यायाधीशले तोके १२ इजलास, होला मुद्दाको सुनुवाइ ?

Published: in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज ९आइतबार० का लागि १२ इजलास तोकेका छन् । प्रधानन्यायाधीशले आफूसहितको ४ वटा एकल इजलास र ८ वटा संयुक्त इजलास तोकेका छन् । ती इजलासमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएका छन् ।

तर इजलास तोकिए पनि बस्ने÷नबस्ने अन्योल भने कायमै छ । प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि इजलास प्रभावित हुँदै आएको छ । गत मंगलबारदेखि इजलास बहिष्कार गर्दै सर्वोच्चकै न्यायाधीशहरु आन्दोलित भएका छन् ।

उनीहरुले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् । यता, कानुन व्यवसायीहरु पनि जबराको राजीनामा माग गर्दै बहस बहिष्कार गरेका छन् । उनीहरुले आइतबारदेखि आन्दोलनका कार्यक्रम शुरु गरेका छन् । यसैक्रममा उनीहरुले हातमा कालो र सेटो पट्टी बाँधेर प्रधानन्यायाधीशविरुद्ध विरोधमा उत्रिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *