चुलाचुली गाउँपालिकालाई बाल मैत्री बनाउने अभियानलाई तिव्रता दिदैं
Published:
by .कमल । २०७८ साल मंसिर मसान्तमा चुलाचुली गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियानमा चुलाचुली गाउँपालिका लागी परेको छ ।
“बाल मैत्री पद्धति र ब्यावहार, समृद्ध चुलाचुलीको आधार“ भन्ने नाराका साथ गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियानमा सिंगो गाउँ पालिका लागी परेको हो ।
गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियान अन्तर्गत अहिले गाउँपालिकामा रहेका विद्यालय ब्लव गठन, विद्यालयका बालबालिका, शिक्षक शिक्षिका तथा सरोकारवालाहरुसँग अन्तक्रिया कार्यक्रमलाई निरन्तता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
त्यस्तै विद्यायलहरुमा अन्तरक्रिया कार्यक्रम चलिरहेको छ । त्यसैगरी बालमैत्री अभियानलाई सफल बनान आवश्यक सुचक कतिपय पुरा भएका छन् भने बाँकी रहेका सुचक पुरा गर्न लागी परिरहेको गाउँपालिका अध्यक्ष प्रदीप चन्द्र राईले जानकारी दिए । उनले आउँदै गरेको दीपावलीलाई लक्षित गरेर बालमैत्री देउसी खेल्ने तयारी भै रहेको समेत बताए।
Comments